२०८३ जेठ ३, आइतबार
६:०८:४४ बेलुका
- ADVERTISEMENT -

सङ्घीय संसद्को तेस्रो अधिवेशन अन्त्य

प्रकाशित मिति: २०७५ चैत ११, सोमबार

734
Shares

काठमाडौँ, चैत ११ गते । सङ्घीय संसद्को तेस्रो अधिवेशन अन्त्य भएको छ । गत पुस ११ गते शुरु भएको योे अधिवेशन आइतबार रातिदेखि अन्त्य भएको हो ।

विधेयक अधिवेशनको रूपमा लिइएको अधिवेशनको अवधि ८९ दिन रह्यो । यस अवधिमा प्रतिनिधि सभामा ३२ दिनमा ४६ पटक बैठक बसेको छ । बैठकको कूल समय ६१ घण्टा पाँच मिनेट ससंदीय कारवाहीमा खर्च भएको छ । यसैगरी राष्ट्रिय सभामा २७ दिनमा ३५ वटा बैठक बसेको थियो भने करिव ३३ घण्टा संसदीय कारवाही भएको छ ।

यस अधिवेशनमा प्रतिनिधि सभामा २३ वटा सरकारी विधेयक दर्ता भएकोमा आठ वटा सभामा प्रस्तुत हुन बाँकी छन् भने सातवटा विधेयक सम्बन्धित् समितिमा विचाराधीन छन् ।

सङ्घीय संसदको दुवै सदनबाट छ वटा विधेयक पारित भएका छन् । दोस्रो अधिवेशनबाट प्राप्त चारवटा विधेयक र राष्ट्रियसभामा उत्पति भई प्रतिनिधि सभाको दोस्रो र यस अधिवेशनमा प्राप्त चार विधेयक पारित भएका छन् ।

प्रशासकीय अदालत विधेयक, २०७५, समितिमा विचाराधीन छ र ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ र विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५, सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित प्रतिनिधि सभामा टेबुल भएको छ

हिउँदे अधिवेशनमा प्रतिनिधि सभामा उत्पत्ति भएर भुक्तानी तथा फछ्र्यौट, कर्मचारी समायोजन, निवृत्तभरण कोष, नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भएको छ । त्यसैगरी सार्वजनिक–निजी साझेदारी तथा लगानी, लेखा परीक्षण र केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पनि पारित भएको छ ।

त्यस्तै, जीवनाशक विषादी व्यवस्थापन, विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयकका साथै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पनि पारित भएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण र भूउपयोग विधेयक पनि यही अधिवेशनले पारित गरेको छ ।

यस अवधिमा राष्ट्रिय सभामा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्र्रािष्ट्रय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक पारित भए । त्यसैगरी जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उत्पत्ति पारित भए ।

यस अधिवेशन अवधिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारी, पूर्व सांसदहरू चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर, मोतिदेवी थारु, कमलादेवी शर्मा, भरतमोहन अधिकारी, गणेश पण्डित र जीतबहादुर पुरीको निधन भएकोमा शोक प्रस्ताव पारित गरिएको छ ।

प्रतिनिधि सभामा यस अधिवेशनमा तीन वटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव कारवाही भएको थियो । पहिलो सडक दुर्घटना बढिरहेकाले यसलाई कम गर्न सडक सुरक्षाको व्यवस्थापन र राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२० को कार्यान्वयन रहेको थियो भने अर्को स्वास्थ्य बीमा ऐन अन्तर्गतका कार्यक्रमलाई देशव्यापी रुपमा लागू गर्दै सातवटै प्रदेशमा पूर्ण क्षमताका अस्पतालको प्रबन्ध गरी नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि कानून, नियम र निर्देशिका बनाई लागू गर्ने विषयमा पनि सार्वजनिक महत्वको दर्ता भई छलफल भएको थियो । त्यसैगरी नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित छाउपडी प्रथाको अन्त्यका लागि संघीय तहदेखि स्थानीय तहसम्म विशेष अभियान सञ्चालन गरी कानुन कार्यान्वयनमा जोड दिन जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भई छलफल गरियो । ती प्रस्तावको छलफल गरी सम्बन्धित मन्त्रीबाट जवाफ दिइएको थियो ।

गत माघ ४ गतेको बैठकमा प्रधानमन्त्रीले प्रत्यक्ष प्रश्नोत्तरमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । यस अधिवेशन अवधिमा सभाको शून्य तथा विशेष समयमा सांसदहरूले समसामयिक विषयमा मन्त्रीहरूले जवाफ दिएका थिए । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -