२०८३ जेठ ३, आइतबार
५:०६:०५ बेलुका
- ADVERTISEMENT -

आजबाट एसईई परीक्षा सुरु

प्रकाशित मिति: २०७५ चैत १०, आइतबार

847
Shares

काठमाडौँ, चैत १० गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आइतबारबाट सुरु हुँदैछ ।

परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले जानकारी दिएको छ । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रक विष्णु अधिकारीले शैक्षिक सत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था भएकाले सो हाजिरी नपुगेका कतिपय विद्यार्थी परीक्षामा सम्मिलित हुन नपाउने भएकाले सहभागी हुने भनिएका परीक्षार्थीको सङ्ख्या घट्न सक्ने बताउनुभयो । नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् ।

उहाँका अनुसार देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ ।

यसपटकबाट सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छवटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ । संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन हुनेछन् । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् ।

यस वर्षबाट एसईई परीक्षा प्रदेशमार्फत सञ्चालन हुने भनी सरकारले घोषणा गरे पनि सङ्घीय सरकारले हस्तान्तरण नगरेको र प्रदेशले सञ्चालनका लागि चासो नदिएकाले सङ्घमार्फत परीक्षा सञ्चालन गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -