२०८३ जेठ ५, मंगलबार
३:२०:५२ राति
- ADVERTISEMENT -

आँटिला नेता

प्रकाशित मिति: २०७५ चैत ८, शुक्रबार

1631
Shares

शीतल कोइराला

काठमाडौँ, ८ चैत्र २०७५ । सात सालको क्रान्तिका एक योद्धा रहे पनि गिरिजाप्रसाद कोइरालाको एकल राजनीतिक पहिचान २०१७ अघि थिएन । त्यतिबेला उनको राजनीतिक यात्राको कुरा गर्दा आफ्ना दाजु बीपी सँगसँगै सम्झिनुपर्ने हुन्थ्यो । राजा महेन्द्रले प्रजातन्त्रमाथि कू गरेपछि नख्खु जेलमा कोइरालाको लामो बसाइ भयो ।

त्यसपछि मात्र राजनीतिमा उनको व्यक्तित्व देखिन थालेको हो । अनशन गरेर उनी कारागारमुक्त भएका थिए । लगत्तै उनले राजा महेन्द्रसँग भेटघाट पाए । त्यसपछि उनी बीपीको रिहाइमा सक्रिय भए । यो कार्यले उनमा विशिष्टता थपिन गयो र नेपाली राजनीतिमा उनको व्यक्तित्व स्थापित हुन थाल्यो ।

बीपी कारागार मुक्त भए । यसमा कोइरालाकै भूमिका थियो । पछि उनीहरू सबै निर्वासन (भारत) मा जान बाध्य पारिए । कोइरालाले विहारको फारविसगन्जलाई केन्द्र बनाई पञ्चायती व्यवस्था विरुद्ध कुनै न कुनै प्रकारले आन्दोलन गरिनै रहे ।

साहसिक निर्णय
२९ असार २०३० मा विराटनगरबाट एउटा विमान अपहरण भएर फारविसगन्ज पुग्यो । यसको कथा विभिन्न व्यक्तिले आ–आफ्नो ढंगले भनिरहेका छन्, स्वीकारेका छन् । तर त्यसमा कोइराला नै मुख्य योजनाकार थिए । विमान अपहरण प्रकरणले कोइरालालाई नेपाली राजनीतिमा अझै बलियोसँग स्थापित हुन ठूलो सहयोग गर्‍यो ।

२०३१ सालमा कांग्रेसद्वारा सञ्चालित सशस्त्र संघर्षका लागि विमान अपहरणले साधनस्रोत जुटायो । पूर्वी जिल्लाहरू कब्जा गरी स्थानीय सरकार गठन गर्दै कांग्रेस अगाडि बढिरहेको थियो । त्यही क्रममा ओखलढुंगामा धडपकड गर्दा कमाण्डर यज्ञबहादुर थापा लगायत योद्धाले सहादत प्राप्त गरे ।

विमान अपहरण र २०३१ सालको सशस्त्र संघर्षमा कोइरालाको केन्द्रीय र निर्णायक भूमिका थियो । यस घटनाबाट उनी नेपाली राजनीतिमा निर्णय गर्नसक्ने आँटिलो व्यक्तिको रूपमा राम्ररी चिनिए । यही स्वभावले उनलाई पछि उच्चकोटीको राजनेता बनायो ।

कुशल संगठक
बीपी कारागार मुक्त भएपछि जनमत संग्रहको घोषणा भयो । त्यससँगै कोइरालाले देशभित्र दह्रोसँग राजनीतिमा केन्द्रित हुने अवसर पाए । यस अघि नै कांग्रेस पुनर्गठन भैसकेको थियो । बीपीले उनलाई महामन्क्रीमा नियुत्त गरे । यसबाट उनले संगठन गर्ने प्रशस्त मौका पाए । उनको नेतृत्व गतिशील थियो ।

उनमा संगठन गर्ने विशिष्टता पनि थियो । व्यापक देशदौडाहा गरे उनले । संगठन भनेको निश्चित लक्ष्यका लागि बढीभन्दा बढी मानिसहरू जुटाउनु हो । यसको एउटै तरिका हुन्छ— कार्यकर्ता, समर्थक, साथी लगायत आम जनतासँग बढीभन्दा बढी तादात्म्य राख्नु, सबैसँग सम्बन्ध स्थापित गर्नु, उनीहरूको दैनिक सरोकारका विषयमा भाग लिनु । कोइरालाले यी सबै काम गरे । संगठनको विश्वविख्यात मान्यतालाई स्वीकार गरेर उनले कार्यकर्तामाझ लोकप्रियता पाउँदै गए ।

कोइराला राजनीतिक प्राणी थिए । काम नपाएपछि उनी बेचैन हुन्थे । केही न केहीनगरी बस्नै सक्दैनथे । छत्तीस सालदेखि तउनी लगातार नेपालभर हिँडिनै रहे, अनित्यसलाई ठोस राजनीतिक रूप दिने काममापनि क्रियाशील भइरहे ।

अद्वितीय उपलब्धि
२०४६ सालपछि कोइराला राजनीतिको नेतृत्वदायी भूमिकामा उदाए । जनआन्दोलन पश्चात सफलतापूर्वक संविधान लेखाए पनि आमनिर्वाचनमा कृष्णप्रसाद भट्टराई पराजित भएपछि कोइराला नेपालको प्रधानमन्त्री बने । त्यसपछिका दिनमा नेपालको राजनीति उनकै सेरोफेरोमा घुमिरह्यो ।

२०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले व्यवस्थामाथि हस्तक्षेप गरेपछि त्यस विरुद्धको आन्दोलनको उनी सर्वोच्च कमाण्डर थिए । माओवादी हिंसालाई शान्तिपूर्ण राजनीतिमा रूपान्तरण र संविधानसभा मार्फत व्यापक राजनीतिक परिवर्तन उनले नेतृत्व गरेको त्यो आन्दोलनको परिणाम थियो ।

कोइरालाको राजनीतिक जीवनको सबैभन्दा ठूलो उपलब्धि र योगदान बाह्रबुँदे समझदारी हो । त्यस ऐतिहासिक घडीमा उनी नभएका भए देशले यो मोड सायद लिने थिएन । एकात्मकबाट संघीयता, राजतन्त्रात्मक प्रणालीबाट गणतन्त्र अनि नयाँ विशेषतासहित विविधतापूर्ण समावेशी पहिचान बनाउँदै नेपाल जसरी नयाँ युगमा प्रवेश गरेको छ, त्यसको आधार बाह्रबुँदे समझदारी हो, जुन कोइरालाको व्यक्तित्वको अभावमा सम्भव थिएन । युग परिवर्तनको नायकको रूपमा कांग्रेसले मात्र होइन, सिंगो देशले नै उनलाई कालान्तरसम्म सम्झिरहनेछ ।

दीर्घ राजनीति, अन्तर्राष्ट्रिय विश्वसनीयता र उच्च राजनीतिक व्यक्तित्वले गर्दा माओवादी उनको शरणमा परेका थिए । त्यो बेला उनको सामुन्ने जनयुद्ध लडेका पुष्पकमल दाहालमात्र होइन, समकालीन राजनीतिका अरु नेता पनि फुच्चे लाग्थे । दाहाललाई जनयुद्धको अँध्यारो सुरुङबाट निकाल्न उनै कोइरालाले सहारा दिए ।

प्रक्रियाभन्दा परिणामको खोजी गर्नु कोइरालाको राजनीतिक चरित्र थियो । फलस्वरुप निरंकुश बनेका राजालाई २०६२/६३ को जनआन्दोलनको बलमा प्रतिनिधिसभा पुनःस्थापना गर्न बाध्यमात्र पारेनन्, सँगसँगै दलहरूले तय गरेको मार्गचित्र अनुसार आगामी दिनमा अघि बढ्न राजी भएको कबोल पनि गराए ।

राजाको त्यो कबोल नै पछि शान्तिपूर्ण रूपमा देशमा गणतन्त्र स्थापित गर्ने आधार बन्यो । उनैले संविधानसभा मार्फत शान्तिपूर्ण रूपमा माओवादी हिंसाको अन्त्य र राजतन्त्रको समाप्तिसँगै सिंगै देशलाई नयाँ युगमा प्रवेश गराए ।

विवाद माथिको व्यक्तित्व
कोइराला पनि मानवोचित क्रुटिबाट मुत्त थिएनन् । उनको राजनीतिक जीवन पनि पक्कै विवादरहित रहेन । यहाँ के स्मरणीय छ भने विश्वका कुनै पनि राजनीतिज्ञ विवादमुक्त रहनसकेको इतिहास छैन । भारतमै पनि महात्मा गान्धीबारे आज पनि विवाद देखिन्छ ।

विवाद जीवन्तताको अर्को नाम हो । जसले काम गर्छ, उसका बारेमा टिप्पणी हुन्छन् । कोइरालाले काम गर्ने र निर्णय लिने साहस देखाए । उनको निरन्तरको सक्रियता जीवनको सबभन्दा सकारात्मक पक्ष हो । कहिल्यै हार नखाने उनको स्वभाव थियो । जीवनका आखिरी दिनहरूमा उनले गरेको निर्णायक र ऐतिहासिक कामले उनको विगतमा देखिएको अभाव र कमजोरीलाई पूर्णतः गौण बनाइदियो ।

लेखक कोइरालाका सञ्चार सहयोगी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -