- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सरकारले प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समुहलाई हिसां छाडेर वार्तामा आउन पुनः आग्रह

March 21, 2019
953
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, चैत ७

सरकारले प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समुहलाई हिसां छाडेर वार्तामा आउन पुनः आग्रह गरेको छ। सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार वार्ता गर्न सधैँ तयार रहेको तर वार्ताका नाममा विप्लव समूहलाई थप मजबुद हुने समय भने नदिने स्पष्ट पार्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकार सधैँ शान्ति र वार्ताको पक्षमा रहेको बताउनु भयो । उहाले विप्लवले हतियार बिसाउँदै संविधान स्वीकारेर आए वार्ताका लागि तयार रहेको बताउनु भयो । ‘हामीले सिध्याउने कुरा कहिले गर्‍यौँ ?’

मन्त्री बाँस्कोटाले भने, ‘हामीले त बमगोला नबोक्नुस्, युवालाई हिंसामा प्रेरित नगर्नुस्। मुलुकले हिंसा थेग्न सक्दैन राजनीतिक समाधान खोजौँ। नेपाली समाजले १० वर्ष सशस्त्र द्वन्द्व भोगेको छ। समाजले पनि बुझेको छ। अब यो गजब छ भनेर मात्रै हुँदैन। द्वन्द्वमा पर्नेहरूलाई थाहा हुन्छ यो कति पीडादायी हुन्छ भन्ने। सरकारले बारम्बार भनेको छ– गोलाबारुद बिसाउनुस्, आउनुस्।’

- ADVERTISEMENT -

Advertisement

उहाले सरकारको शब्दकोषमा मार्ने भन्ने कुरा नभएको र भएपनि त्यसलाई हटाउन चाहेको बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com