२०८३ जेठ ५, मंगलबार
९:३४:३४ बिहान
- ADVERTISEMENT -

पालुङ्टार मेयरकपको उपाधि गोरखा नगरपालिकाको हातमा

प्रकाशित मिति: २०७५ चैत ७, बिहीबार

1445
Shares

गोरखा, ७ चैत्र २०७५ । गोरखाको पालुङ्टारमा सम्पन्न गण्डकी प्रदेश स्तरीय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिताको उपाधि गोरखा नगरपालिकाले जितेको छ । पालुङटार हवाईमैदानमा बुधबार सम्पन्न भएको फाइनल खेलमा गैडाकोट नगरपालिका नवलपुरलाई २–० ले पराजित गर्दै गोरखा विजेता बनेको हो ।

खेलको दोस्रो हाफमा जर्सी नं ५ का विकास गुरुङ र जर्सीनं ६ का जमिर मास्केले गरेको एक÷एक गोलले गोरखालाई उपाधि दिलायो । गोरखाको तर्फबाट २ गोल हुँदा गैडाकोटले एक गोल पनि फर्काउन सकेन । प्रतियोगिताको बिजेता बनेको गोरखाले नगद पुरस्कार दुई लाख ३४ हजार ५ सय ६७ रुपैयाँ र उपविजेता गैडाकोटले नगद एकलाख २३ हजार ४५६ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाएका छन् । प्रतियोगिताको सेमिफाईनलमा पुगेका देवचुली नगरपालिका नवलपुर र पुतलीबजार नगरपालिका स्याङजाले नगद ५४ हजार ३२१ रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गोरखा नगरपालिकाका विवेक गुरुङ भएका छन् । उनले नगद १२ हजार दुईसय ४५ रुपैयाँ सहित गोल्डेन बुट पाएकाछन् । यस्तै गोरखाकै जमिर मास्के सर्वाधिक गोलकर्ता भएका छन् । प्रतियोगिता अबधिभर ५ गोल गरेका उनले नगद नौ हजार ८ सय ७६ रुपैयाँ पाएका छन् । प्रतियोगिता अबधिभर विपक्षीलाई एउटा पनि गोल हुन नदिएका गोरखाका गोलकिपर सिलन थापा मगर उत्कृष्ट गोलरक्षक बनेका छन् ।

उनले पनि नगद नौ हजार आठसय ७६ रुपैयाँ पाएका छन् । यस्तै, उत्कृष्ट अग्रपंक्तिमा पुरस्कृत भएका गोरखाकै विकास गुरुङले पनि नगद नौ हजार आठसय ७६ रुपैयाँ पाएका छन् । प्रतियोगिताको उत्कृष्ट रक्षापंक्ति गैडाकोटका प्रविण गुरुङ र उत्कृष्ट मध्यपक्ति पनि सोही टिमका रोशन दर्लामी मगर बने । उनीहरुले पनि नगद नौ हजार ८ सय ७६ रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई एक समारोहका बिच राष्ट्रिय सभाका विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी र हरिशरण आचार्य, पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेल, उपमेयर पम्फा बसेल, प्रतियोगिताका संयोजक बसन्त श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए । पालुङटार नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशका १८ स्थानीय तहका खेलाडी सहभागी थिए । दरौदी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.86
154.46
EUR
European Euro
1
178.95
179.64
GBP
UK Pound Sterling
1
205.48
206.28
CHF
Swiss Franc
1
195.64
196.40
AUD
Australian Dollar
1
110.03
110.45
CAD
Canadian Dollar
1
111.89
112.32
SGD
Singapore Dollar
1
120.18
120.65
JPY
Japanese Yen
10
9.68
9.72
CNY
Chinese Yuan
1
22.63
22.71
SAR
Saudi Arabian Riyal
1
41.00
41.16
QAR
Qatari Riyal
1
42.21
42.38
THB
Thai Baht
1
4.71
4.72
AED
UAE Dirham
1
41.89
42.06
MYR
Malaysian Ringgit
1
38.69
38.84
KRW
South Korean Won
100
10.25
10.28
SEK
Swedish Kroner
1
16.31
16.38
DKK
Danish Kroner
1
23.94
24.04
HKD
Hong Kong Dollar
1
19.65
19.72
KWD
Kuwaity Dinar
1
501.50
503.46
BHD
Bahrain Dinar
1
407.95
409.55
OMR
Omani Rial
1
399.63
401.19
- ADVERTISEMENT -