२०८३ जेठ ३, आइतबार
५:०१:१४ बेलुका
- ADVERTISEMENT -

सात महिनामै ५ खर्ब १५ अर्ब रेमिट्यान्स

प्रकाशित मिति: २०७५ चैत ३, आइतबार

792
Shares

काठमाडौं, ३ चैत्र २०७५ । चालू आर्थिक वर्ष २०७५/७६ को सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, रेमिट्यान्स आप्रवाहमा २८ दशमलव ५ प्रतिशतले वृद्धि भएकोे छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १ दशमलव ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा यस्तो विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ जाने कामदारलाई दिइने अन्तिम श्रम स्वीकृति (संस्थागत एवं व्यक्तिगत) का आधारमा राष्ट्र बैंकले कामदार बाहिरिने संख्या समीक्षा अवधिमा ३९ दशमलव २ प्रतिशतले घटेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४ दशमलव ९ प्रतिशतले घटेको थियो । यसैगरी, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको संख्या सो अवधिमा ४ दशमलव ९ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ दशमलव ६ प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव ४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २७ दशमलव ३ प्रतिशतले वृद्धि भई ५ खर्ब ८६ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ प्रतिशतले घटेको थियो ।

यसैगरी गत माघ मसान्तसम्म कुल ३ खर्ब ८७ अर्ब ६९ करोड रुपैयाँको नयाँ सेयर सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मुलुकको वर्तमान वित्तीय तथा आर्थिक स्थितिबारे समीक्षा गरी सो तथ्यांक बाहिर ल्याएको हो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कुल ३ खर्ब ८७ अर्ब ६९ करोड रुपैयाँका नयाँ सेयर सूचीकृत भएका थिए । सो अवधिमा कुल १५ अर्ब ९ करोड बराबरको साधारण सेयर ७ अर्ब ३९ करोड बराबरको हकप्रद सेयर, ६ अर्ब ६५ करोड बराबरको बोनस सेयर गरी कुल २९ अर्ब १३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका थिए ।

२०७४ सालको माघ मसान्तमा १३८० दशमलव ३ बिन्दु रहेको नेप्से सूचकांक वार्षिक बिन्दुगत आधारमा १८ दशमलव ३ प्रतिशतले ह्रास आई चालू आर्थिक वर्षको गत माघ मसान्तमा ११२८ दशमलव २ बिन्दुमा रहेको छ । गत असार मसान्तमा नेप्से सूचकांक १२१२।४ बिन्दु कायम भएको थियो । धितोपत्र बजार पुँजीकरण वार्षिक बिन्दुगत आधारमा १४ दशमलव ७ प्रतिशतले ह्रास आई चालू आर्थिक वर्षको गत माघ मसान्तमा १३ खर्ब ७७ अर्ब १५ करोड कायम भएको छ ।

बजार पुँजीकरण वार्षिक बिन्दुगत आधारमा गत आर्थिक वर्षको माघ मसान्तमा १० दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिको बजार पुँजीकरणको अघिल्लो आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६२ दशमलव १ प्रतिशत रहेको थियो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या चालू आर्थिक वर्षको माघ मसान्तमा २०३ रहेको छ । सूचीकृत कम्पनीमध्ये १४९ वटा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीका रहेका छन् भने १८ वटा उत्पादनमूलक र प्रशोधन उद्योग, २४ वटा जलविद्युत् कम्पनी, चार÷चारवटा होटल तथा व्यापारिक संस्था र चारवटा अन्य समूहका रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -