- ADVERTISEMENT -
- ADVERTISEMENT -

एउटा नेकपाले सेना परिचालन गर्ने धम्की, अर्को नेकपाले मिसाईलबाट युध्द गर्ने धम्की ! मर्ने सर्वसाधारण

March 16, 2019
2281
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, २ चैत्र २०७५ । सरकारको नेकपा भन्छ , सेना परिचालन गरिन्छ,सत्ता बाहीरको नेकपा भन्छ , अबको युध्दमा मिसाईल हतियार प्रयोग हुन्छ ।

देश कता जाँदै छ ?

हिजो मात्र मैले बिप्लप नेकपा का ३ जना नेता हरु सँग सामान्य कुरा गरेको थिए । त्यही संवादमा आधारीत भएर गरेका कुराहरु यहाँ लेख्न मन लाग्यो ।

उहाँहरु सँगको कुरामा उहाँहरु ठुलै तयारीमा हुनुहुन्छ, यदी सत्य हो भने, बिप्लप नेकपा मिसाईल प्रयोग हतियार जुटाउदै छ । हिजो अनमिनले अयोग्य ठहर गरेका लडाकुहरुलाई बिप्लप समुह ट्रेनिङ दिदै छ । यति मात्र हैन हिजो नेपाली सेनामा समायोजित ३ हजार माओबादी लडाकुहरुले , बिप्लप समुहलाई प्रत्यक्ष- अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका छन र अबको युध्दमा नेपाली सेनाभित्रैबाट पनि बिप्लप समुहले साथ पाउनेमा उहाँहरु ढुक्क हुनुहुन्छ ।

यता वली सरकारका रक्षा मन्त्रीले, प्रधानमन्त्रीले आवश्यकता अनुसार सेना परिचालनको आदेश दिन सक्ने बताईरहेका छन् ।

जनयुध्दको बेला प्रचण्डलाई भेटेर शान्ती संम्झौता गर्ने आट गर्ने आटीला गिरीजाबाबु थिए । त्यसैगरी कृष्ण सिटौला, अमिक सेरचन,रमेश लेखक, प्रदिप ज्ञवाली र बामदेब गौत हरुले त्यो बातावरण तयार पारे । तर अब बिप्लप भएको ठाँउमा पुगेर बार्ता गर्ने अर्को गिरीजाबाबु को बन्ने ?

कांग्रेस रमिते छ , संसदमा प्रतिपक्ष बोल्नु र नबोल्नु उस्तै हो ।

सत्तापक्ष बिप्लपलाई प्रतिबन्ध गर्न रोक्नुपर्छ भन्छ । फालेका राजालाई हिडडुल गर्न रोक्नुपर्छ भन्छ । देश टुक्राउन लागेका सिके राउतलाई समृध्द नेपाल निर्माणमा लगाउने वली महाराज र बादल को सपना छ ।

आफु प्रधानमन्त्री हुदा, प्रचण्ड, बाबुरामको टाउकाको मुल्य तोक्ने शेरबहादुरलाई , बिप्लप लाई प्रतिबन्ध लगाउनु सही हो जस्तै लाग्छ ।

प्रचण्डले मलाई मारिदै छ भन्छन, सरकारले उनको सुरक्षाको लागि ५९ जना सुरक्षा कर्मी खटाउछ । कतै न कतै वली र बिप्लप दुबै लाई उचाल्ने प्रचण्ड नै हुन भन्ने आशंका पनि छ ।

प्रचण्डले मलाई मदन भन्डारी जस्तै गरेर मार्ने तयारी छ भनेर २०१५, फेब्रुअरी २० तारीकमा पहिलो पटक भनेका थिए । आज पनि दोहोराउदै छन । यसको मतलब उनले आफ्नो हत्याको नाटक आफै डिजाईनीङ गरेका छन ।

वली सरकार असफल भैसक्यो, घोषणा पत्रमा लेखेको ५% पनि ५ बर्षमा पुरा हुदैन । यतीबेला वली सरकार बिप्लपलाई भड्काएर ,५ बर्ष पछाडी असफलताको दोष बिप्लपको आतङ्कको थाप्लोमा हाल्ने वाला छ ।

१ ) वलि, प्रचण्ड, नेकपाको आवरण मुनि बसेर राज्य को ब्रमलुट गर्ने लुटेरा समुह !
२) जनताको छातीमा बन्दुक तेर्साएर लुट्ने (बिप्लप ,प्रकान्ड) लुटेरा समुह
३) कांग्रेस र राजाबादी लोकतान्त्रिक शक्ति ३०बर्ष , सत्तामा बसेर लुटेका दलाल, सामन्ती,पुजँपती , भ्रस्टचारी समुह अनि यो देशमा सही को हुन ? र मर्नुपर्ने चाही

राजनितीक पार्टीको झन्डा मुनी नबसी ईमान्दारी पुर्वक काम गरेर खाने नागरिक, सर्वसाधारण, पत्रकार, जागीर खाने सेन , प्रहरी

वली प्रचण्ड या देउबा या अरु कोही देशद्रोही , भ्रस्ट , दलाललाई नै तार्गेट हो भने र ति सबै तथ्यमा आधारित हो भने २/४ वटा बम म आफै पनि बोकीदिउला या बम किन्न २/४ पैसो सहयोग पनि गरिदिउला तर सर्वसाधारण र निर्दोष नागरीक मारिनु भएन ।

यदुराम सापकोटाको फेसबुक पोस्ट बाट साभार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -