- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

राहदानी बिभाग : विगतमा १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय चैत १ देखि ९ बजे खुलेर ५ बजे बन्द हुने

March 15, 2019
1380
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, चैत १

राहदानी विभागले केन्द्रीय कार्यालयको समय १ घण्टा बढाएको छ। विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिदै कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको बताएको छ।

- ADVERTISEMENT -

Advertisement

विगतमा १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय चैत १ देखि ९ बजे खुलेर ५ बजे बन्द हुनेभएको छ। आइतबार देखि बिहिबार सम्म ९ बजे देखि ५ बजे सम्म चल्ने कार्यालयमा शुक्रबार भने ३ बजे सम्म काम हुनेछ। सेवा समय विस्तार भएको पहिलो दिन देखि नै राहदानी सम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिनुभयो । थपिएको समयले सेवाग्राहिले छिटो छरितो सेवा र गुणस्तरीय सेवा पाउने महानिर्देशक खड्काले विश्वास ब्यक्त गर्नुभयो ।

विभागले राहदानीबाहकलाई राहदानको प्रयोगमा सजगता अपनाउन पनि अनुरोध गरेको छ। राहदानी पट्याउने केरमेट गर्नाले अबैध हुन सक्ने भन्दै प्रयोगमा सावधानी अपनाउन अनुरोध गरेको छ। नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयहरु, राहदानी बिभाग र विदेश स्थित कुटनैतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com