काठमाडौं, फागुन ३० | सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार तत्काल बुझाउन आह्वान गरेको छ । विप्लव समुहको आतंक गतिविधि बढिरहेका बेला मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अवैध रहेका हतियार ३५ दिनभित्र बुझाउन आव्हान गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय भएको बताउनु भयो । उहाले इजाजत नलिएको, नविकरण नगरेका, इजाजत प्राप्त व्यक्तिको मृत्यु भईसकेका अवस्थामा राखिएका हतियार बुझाउन सार्वजनिक सूचना निकाल्ने निर्णय भएको जानकारी दिनुभयो । यो अवधिमा हतियार बुझाए अवैध हतियार राखेवापत हुने सजाय मिनाह गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

यसैगरी सरकारले विप्लव समुहलाई सहयोग गर्ने व्यक्ति, संस्था र समूहलाई कारबाही गर्ने निर्णय पनि गरेको छ । सरकारले नेकपाका गतिविधि नियन्त्रण गर्न भन्दै गत मंगलबार पार्टीमाथि प्रतिबन्ध लगाएको थियो। संविधान कार्यान्वयन गर्न, जनताको लामो संघर्षबाट आएको लोकतन्त्रलाई खलल पुर्‍याउँदै नेकपाले केही समययता अपराधिक तथा विध्वंसात्मक कार्य गर्दै आएको मन्त्री बाँस्कोटाले बताउनु भयो ।

अपहरण, धम्की, बम विस्फोट, जनजीवनमा त्रास फैलाउने, कर्मचारी र जननिर्वाचित प्रतिनिधिलाई धम्की दिने गरेको भन्दै सरकारले उसका गतिविधिमा प्रतिबन्ध लगाएको मन्त्री बाँस्कोटा भनाइ थियो।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्