Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४१:४२ बिहान
- ADVERTISEMENT -

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पाँच मिनेटको सम्बोधन नै अन्तिम

प्रकाशित मिति: २०७५ फागुन १६, बिहीबार

832
Shares

काठमाडौं, फागुन १६

बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पाँच मिनेटको सम्बोधन नै अन्तिम सम्बोधन बन्न पुगेको छ। बुधबार दिउँसो तेह्रथुमको चुहानडाँडामा मन्त्री अधिकारीले जम्मा पाँच मिनेट सम्बोधन गर्नुभयो ।

मन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आफू बिमानस्थलको अवलोकन गर्न आएको बताउनु भएको थियो । यस्तो छ मन्त्री अधिकारीको अन्तिम सम्बोधनको मूख्य अंश।

हामी आज यहाँ छौं, एयरपोर्ट हेर्ने हिसाबले आएका छैनौं। अहिले हामी एयरपोर्ट बनाउने हिसाबबाट हेर्न आएका छौं। मेरो साथमा एयरपोर्टको नक्सा, इस्टिमेट, डिजाइन सबै छ। पहिला एयरपोर्ट बन्न २९ करोड लाग्ने भनेपनि अहिले ८७ करोड खर्च हुने अवस्था छ। त्यो सम्पूर्ण इस्टिमेट मैले बोकेर आएको छु।

म यतिबेला २ वटा सन्दर्भ बताउन चाहन्छु। वर्तमान सरकार बनेपछि मुलुकको आर्थिक समृद्धि र विकासले गति लिइरहेको छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले समृद्धि र विकासको नेतृत्व लिइरहनुभएको छ, हामी उहाँको मन्त्रीमण्डलमा बसेर काम गरिरहेका छौं। यो ठाउँ प्रधानमन्त्रीको जन्मस्थल भएकाले मात्र होइन, एयरपोर्टका हिसाबले उपयुक्त भएकाले हेर्न आएका हौं।

एयरपोर्ट बनाउने भनेपछि हामीले धेरै छलफल गर्यौं, स्टिमेट हेर्यौं। प्रधानमन्त्रीले हामीलाई सबै कुराको अध्ययन गर्न भन्नुभयो। हामीले सबै कुरा अध्ययन गर्यौं। त्यसपछि प्रधानमन्त्रीज्यूले पर्यटनमन्त्री नै गएर चुहानडाँडा हेर्नुस् भन्नुभयो। प्रधानमन्त्रीको निर्देशनअनुसार हामी आएका छौं। हामीले यहाँ स्थलगत अध्ययन गर्दा ठाउँ उपयुक्त लाग्यो। यहाँ केही कुराले पनि छेक्दैन।

म तपाईहरुसामू प्रधानमन्त्रीज्यूको सन्देश बोकेर आएको छु। यो सरकार एयरपोर्ट बनाउन प्रतिवद्ध छ। हामी एयरपोर्ट बनाउन प्रतिवद्ध छौं, यसमा अब कुनै शंका छैन। तपाईहरुको हामीलाई साथ छ। पानी परेको छ, मौसम खराब भएको छ, हामीलाई फेरि काठमाडौं पुग्नुछ। म यति भन्न चाहन्छु, सरकारले आफ्नो काम अगाडि बढाइरहेको छ।

सधैं अस्थिरताबाट फाइदा उठाएकाहरु आत्तिएका छन्। उनीहरु कराएका छन्, सरकारले केही काम गरेन भनिरहेका छन्। केही काम भएन भनेका छन्। तर, सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा वर्तमान सरकार बनेपछि धेरै कामहरु भएका छन्। संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, तीनै सरकारले काम गरिरहेका छन्। तीनवटै सरकार जनताको पक्षमा छन्, समृद्धिको पक्षमा छन्।

अहिले परिणाम देखिन थालेका छन्। हामीले अझै प्रभावकारी काम गर्नुछ। यहाँ काम भएन भनेर हल्ला गर्नेहरु पनि छन्। उनीहरुले काम नभएर होइन, काम भएर हल्ला गरेका हुन्। सरकारले काम गरिरहेकाले काम गरेन भनेका हुन्। तपाईहरुकहाँ मध्यपहाडी लोकमार्ग बनिरहेको छ। एयरपोर्ट बनाउने भनेर हामी यहाँ आएका छौं। हामीले देशभरिका एयरपोर्ट बनाउँदैछौं। अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदैछौं।

सरकारले पूर्वाधार विकासको काम गरिरहेको छ। विकासका काम भएका छन्, उत्पादनका काम भएका छन्, रोजगारी सिर्जनाका क्षेत्रमा काम भएका छन्। शिक्षा र स्वास्थ्यमा काम भएका छन्। तीनवटै सरकारले काम गरिरहेको छ। देशको आर्थिक विकास र समृद्धिलाई अब कसैले रोक्न सक्दैन, कसैको गफले रोकिँदैन, हामी अगाडि बढ्छौं।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -