- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४५ जनाभन्दा बढी सुरक्षाकर्मी शव रुँघेर बस्दै

February 28, 2019
1197
Shares
zj ;'s]6f/ ljdfg:yndf tfKn]h'ªdf a'waf/ x]lnsK6/ b'3{6gfdf k/L d[To' ePsfsf] zj g]kfnL ;]gfn] 36gf:ynaf6 ;'s]6f/ ljdfg:yndf Nofpg] qmddf . tl:a/M gf/fo0f 9'+ufgf, /f;;
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ताप्लेजुङ, १६ फागुन २०७५ । “अन्धकार भिरमा आगो बालेर बसिरहेका छौँ, तीन वटा शव रुँघेर, फुरुरु हिउँ झरिरहेको छ, न ओताउने छाना, न राम्रोसँग अडिएर बस्ने ठाउँ, चिप्लिएर झरिहालियो भने एकै पटक तल पुगिन्छ,” हेलिकप्टर दुर्घटनास्थल ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित मयामको तारेढुङ्गाबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले भने ।

घटनाबारे जानकारी हुनासाथ सदरमुकामबाट दौडिएका प्रहरी नायब उपरीक्षक थापा करीब ४ बजे घटनास्थलमा पुगेका थिए । कतै डोरी राखेर झुन्डिँदै पुगेका प्रहरी नायब उपरीक्षकसँग प्रजिअ अनुज भण्डारी थिए ।

- ADVERTISEMENT -

Advertisement

भण्डारी साँझ सदरमुकाम फर्किए पनि घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४५ जनाभन्दा बढी सुरक्षाकर्मी शव रुँघेर बसिरहेका छन् ।

बुधबार बिहानैदेखि ताप्लेजुङको मौसम प्रतिकुल बनेको छ । मध्याह्नदेखि पाथीभरा क्षेत्रमा हुरीबताससहित हिमपात भएको थियो । राति पनि पनि हिमपात भइरहेको निरीक्षक थापाले बताए ।

- ADVERTISEMENT -

Advertisement

नेपाली सेनाको हेलिकप्टरले दुई पटक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएको छ । थापाले भने, “गर्दागर्दै रात पनि पर्यो, मौसम प्रतिकुल भएपछि अरू शव हेलिकप्टरले उठाउन सकेन, मानिसले बोकेर निकाल्न सकिने अवस्था छैन, तीन शव रुँघेर बसेका छौँ, बिहान पुनः हेलिकप्टरबाट लैजाने तयारी भएको छ ।”

हेलिकप्टरमा बास्केट राखेर शवहरू सुकेटारमा ल्याइएको हो । बिहीबार सबै शव सङ्कलन गरिसकेपछि काठमाडौं लगिने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com