काठमाडौं,१५ फागुन २०७५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा सातै जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले दिएको जानकारी अनुसार घटनास्थल तारेभीरमा ७ वटै शव फेला परेको छ।
दुर्घटनाको खबर बाहिरीयसंगै नेता तथा कलाकारहरुले दुख ब्यक्त गरेका छन् । यसै क्रममा कांग्रेसका युवा नेता गगन थापाले पनि दुख व्यक्त गरेका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भएँ,मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन।’ उनले अघि लेखेका छन्, मैले आज एक असल साथी गुमाएको छु,देशले एक आशातीत नेता! रविन्द्र दाइ लगायत सवैमा हार्दिक श्रध्दाञ्जली!!
हेर्नुहोस उनको स्टाटस जस्ताको तस्तै : रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भएँ,मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु,देशले एक आशातीत नेता! रविन्द्र दाइ लगायत सवैमा हार्दिक श्रध्दाञ्जली!!