काठमाडौं, फागुन १५
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गृहमन्त्रालयले गरेको छ ।
मन्त्री अधिकारी पाथीभरा दर्शनपछि काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेको स्रोतले बताएको छ । राज्य ब्यवस्था समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर सम्पर्कविहीन भएको जानकारी गृहसचिव प्रेमकुमार राईले जानकारी दिनुभएको थियो ।
ताप्लेजुङको दाह्रेडाँडा ठूलो आवाज सहित आगो बलेको सूचना आएपछि स्थानीय प्रहरी र स्थानीयवासी त्यसतर्फ गएका थिए ।