एजेन्सी, १५ फागुन २०७५ । भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा बम खसालेपछि पाकिस्तानले भारतलाई युद्धको धम्कि दिएको छ ।

पाकिस्तानले आफनो देशलाई बचाउनको लागी युद्ध गर्ने चेतावनी दिएको छ । पाकिस्तानका विपक्षि नेता शहबाज शरीफले यो बयान दिएका हुन् । डान वेबसाइटले उनको यो बयानलाई छापेको छ ।

दिल्लिमा पाकिस्तान झण्डा फहराउने धम्कि
शहबाज शरीफले हामी युद्ध चाहदैनौ यदि भारत युद्ध शुरु गर्छ भने नयाँ दिल्लिमा पाकिस्तानको झण्डा फहराउने बताएका छन् । शरीफले भारतयि प्रधानमन्त्रि नरेन्द्र मोदीलाई निशाना बनाउदै भने गरीब मानिसहरुको गोडा धुनुको सट्टा उनी यो क्षेत्रलाई युद्धमा नधकलेर ठुलो काम गर्न सक्दछन् ।

पाकिस्तान एसेम्बली मा विपक्षि नेता शरीफले यतिमै रोकिएनन् उनले अगाडि भने “भारतले यो समय आफनो समझदारी, सुझबुझको प्रयोग गर्नुपर्दछ र क्षेत्रिय स्थिरतालाई भङ्ग गर्नबाट बचाउनु पर्दछ” । उनले भनेका छन् कि ‘यदि आफनो मातृभुमिको रक्षाको कुरामा हामी युद्धको लागी तयार छौ ।’

मंगलबार भारतीय बायुसेनाले जम्मु–कश्मीरको पुलवामा भएको आक्रमणको १२ दिनपछि बदला लिदै पाकिस्तानको बालाकोट र पाकिस्तान अधिकृत कश्मीरको मुजफ्फराबाद को चकोटीमा आतंकी शिविरलाई ध्वस्त गरेको दावी गरेको छ । भारतीय सुत्रले वायुसेनाको यो कारवाहीमा ३०० जनालाई मारेको बताउदै आएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्