एजेन्सी, १४ फागुन २०७५ । भारतीय वायुसेनाले सोमबार पुलवामा आतंकी आक्रमणको बदला लिदै पाकिस्तान अधिकृत कश्मीर (पीओके) मा पसेर आक्रमण गरेको दावी गरेको छ । भारतले पीओके मा चलीरहेको आतंकी क्याम्पलाई निशाना बनाउदै भारतीय वायुसेनाको विमानबाट बम हानेको हो ।
सुत्र अनुसार, यो अपरेशनमा भारतीय वायुसेनाका १२ मिराज २००० विमानको प्रयोग गरीएको थियो । वायुसेनाको मिराज २००० ले पीओकेमा घुसेर जैस ए मोहम्मदको इलाकामा १००० किलो भन्दा धेरे बम खसालेको भारतीय मिडियाहरुले जनाएका छन् । भारतीय वायुसेनाले यो सर्जिकल स्ट्राइक आज विहान ३.३० बजे गरेको बताइएको छ । भारतीय वायुसेनाले जैश ए मोहम्मदको कैयौ इलाकालाई तहसनहस गरेको बताइएको छ ।
यता, भारतीय सेनाको तर्फबाट भने यस विषयमा कुनै पनि कुनै पनि बयान जारी गरिएको छैन । तर पुलवामा आक्रमण पछि भएको यो कारवाहीलाई पाकिस्तानले भने स्विकार गरेको भारतीय मिडियाहरुले दावी गरेका छन् ।
यता, पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफ्फुरले भारतीय वायुसेनाको विमानले लाइन अफ कंट्रोलको उलंघन गरेको दावी गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ताले ट्विट गर्दे भनेका छन् “भारतीय वायुसेनाले एलओसीको उलंघन गरेको छ । यसको तुरुन्तै हामीले पनि जवाफ दियौ र भारतीय वायुसेनाको विमान आफनै सिमामा फर्कियो ।”
यसपछिको अर्को ट्विटमा गफ्फुरले लेखेका छन् “भारतीय वायुसेनाले मुजफ्फराबाद सेक्टरबाट घुस्ने कोशिश गर्यो, समयमै पाकिस्तानी एयरफोर्सले जवाफी कारवाही गर्यो । त्यसपछि उनीहरु बालकोट तिर फर्कियो । अहिले सम्म कोही ब्यक्ति पनि हताहत भएको खबर छैन ।”