२०८३ जेठ ५, मंगलबार
९:०८:०८ बिहान
- ADVERTISEMENT -

गोरखामा ३ अस्पताल थप्ने स्वास्थ्य मन्त्रालयको निर्णय

प्रकाशित मिति: २०७५ फागुन १४, मंगलबार

1599
Shares

गोरखा, फागुन १४ गते । संघिय सरकार अन्र्तगतको स्वास्थ्य मन्त्रालयले गोरखामा तिन अस्पताल थप गरी संचालन गर्ने निर्णय गरेको छ । जिल्लाको बिभिन्न गाउँपालिकामा रहेका प्राथामिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नती गरि सेवा संचालनमा ल्याउने मन्त्रालयले निर्णय गरेको हो ।

गण्डकी गाउँपालिकाको मकैसिङ, अजिरकोटको जौवारी र आरुघाट गाउँपालिकाको आरुघाट प्राथामिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्ने अस्पताल बनाउने सरकारले तयारी थालेको हो । ‘गोरखाको ३ सहित देशभरका २ सय १३ वटा प्राथामिक स्वास्थ्य केन्द्रलाई मन्त्रलालयले १५ शैयाको अस्पताल बनाउने निर्णय गरेको छ’ स्वास्थ्य कार्यालय गोरखाका प्रमुख दिपक सुवेदीले भने ‘सबैकुरा त टुंगो लागिसकेको छैन, मन्त्रालयले निर्णय गरेर कार्यान्वयनका लागि मन्त्रीपरिषदमा पठाएको छ भन्ने सुनेको छु ।’

एक पालिका एक अस्पताल निर्माण गर्ने यस अघि सरकारले गरेको नीतिगत निर्णय अनुसार नै पहिलो चरणमा देशभरका प्राथामिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नतीको प्रकृया सुरु गरिएको कार्यालयले जनाएको छ । ‘प्रत्येक स्थानीय तहमा एक अस्पताल खोल्ने भनेर सरकारले नीति मै उल्लेख गरेको छ’ सुवेदीले भने ‘सोही अनुसार नै पहिलोचरणमा गोरखामा ३ वटा गाउँपालिकामा अस्पताल खोल्ने भनेर मन्त्रालयले निर्णय हो, अरुमा पनि क्रमवद्ध रुपमा अघि बढाउछ भन्ने हाम्रो अपेक्षा हो ।’

गोरखा सहित देशका २ सय १३ पालिकामा १५ शैयाको अस्पताल खोल्ने मन्त्रालयले निर्णय गरेपनि हालसम्म भने मन्त्रीपरिषदबाट भने निर्णय भइनसकेको उनको भनाई छ । हाल मन्त्रालयले निर्णय कार्यान्वयन गराउनका लागि मन्त्रीपरिषदमा फाइल सिफारिस गरेको प्रमुख सुवेदीले बताए । ‘अहिलेसम्म मन्त्रीपरिषदबाट निर्णय त भइसकेको छैन, मन्त्रालयले निर्णय गरेर फाइल सिफारिस गरेको सुनेको मात्रै हो’ उनले थपे ‘हामीलाई आधिकारिक जानकारी केहि आएको छैन, हामीले पनि मिडियाबाटै थाहा पाएको हो ।’

हाल १ जना मेडिकल अधिृकतको दरबन्दी रहेको जिल्लाका ३ प्राथामिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नती भएसंगै सेवा सुविधा समेत थप भई अस्पतालको सेवा पालिकाबाटै प्रदान हुने बताइएको छ । विशेषज्ञ डाक्टर, एक्स्रे, बिभिन्न प्रयोगशाला, निशुल्क पाइने औषधीको संख्या लगायतका सुविधा गाउँबाटै प्रदान गर्ने गरी सरकारले तयारी थालेको कार्यालयले जनाएको छ । तर ति अस्पतालमा चिकित्सकको दरबन्दी भने टुंगो लागिनसकेको सुवेदी बताउछन् । ‘अहिले नै दरबन्दी फाइनल भइसकेको छैन, मन्त्रालयले पहिला ओएनएम सर्भे गर्छ अनि मात्रै कहा कति चिकित्सक र कर्मचारी राख्ने टुंगो लाग्छ ।’ उनले भने ‘यो कार्यक्रम स्थानीय तह र स्वास्थ्य मन्त्रालयको समन्वय र सहकार्यमा अघि बढ्छ भन्ने सुनेको छु ।’ ११ स्थानीय रहेको गोरखामा जिल्ला अस्पताल, आँपपिपल अस्पताल गरि दुई सरकारी अस्पतालले सेवा दिदै आएको छ । गोरखा समाचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.86
154.46
EUR
European Euro
1
178.95
179.64
GBP
UK Pound Sterling
1
205.48
206.28
CHF
Swiss Franc
1
195.64
196.40
AUD
Australian Dollar
1
110.03
110.45
CAD
Canadian Dollar
1
111.89
112.32
SGD
Singapore Dollar
1
120.18
120.65
JPY
Japanese Yen
10
9.68
9.72
CNY
Chinese Yuan
1
22.63
22.71
SAR
Saudi Arabian Riyal
1
41.00
41.16
QAR
Qatari Riyal
1
42.21
42.38
THB
Thai Baht
1
4.71
4.72
AED
UAE Dirham
1
41.89
42.06
MYR
Malaysian Ringgit
1
38.69
38.84
KRW
South Korean Won
100
10.25
10.28
SEK
Swedish Kroner
1
16.31
16.38
DKK
Danish Kroner
1
23.94
24.04
HKD
Hong Kong Dollar
1
19.65
19.72
KWD
Kuwaity Dinar
1
501.50
503.46
BHD
Bahrain Dinar
1
407.95
409.55
OMR
Omani Rial
1
399.63
401.19
- ADVERTISEMENT -