काठमाडौं, फागुन १३ । उच्च अदालत र जिल्ला अदालतमा निक्कै सुश्म निगरानी राख्नु भएका प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाले विशेष अदालतमा पनि सुम्म निगरानी राख्न थाल्नु भएको छ । भ्रष्टाचारको मुद्धा हेर्न गठन गरिएको विशेष अदालतका तीन न्यायाधीशलाई उहाले एकैपटक सरुवा गर्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दावी गरेको विगो भन्दा अत्यन्त न्युन विगोमा रिहाई गर्दै आएको थियो । यस विषयमा अख्तियार समेत असन्तुष्ट हुदै आएको थियो । पछिल्लो समय पप्पु कन्स्ट्रक्सनका दुई संचालकमाथी लगाएको ९ करोडको मुद्धामा सवा एक करोडमा रिहाई गरिदिएको छ । प्रधानन्यायाधीश राणाले विशेष अदालतका न्यायाधीशहरु चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाण पोखरेलाई सरुवा गर्नुभएको हो ।

प्रधानन्यायाधीशको निर्देशनमा ढकाल र बागचन्दलाई जुम्लामा सरुवा गरिएको छ भने पोखरेललाई राजविराज सरुवा गरिएको हो। न्यायपरिषद्को सहमतिमा प्रधानन्यायाधीश राणाले विशेष अदालतका ३ जना न्यायाधीशलाई सरुवा गरेका न्याय परिषद्‍ले जनाएको छ। न्याय सम्पादनका क्रममा बिचौलियासँग भेटेको, मुद्दाका पक्षसँग सम्पर्कमा रहेको जस्ता उजुरी परेपछि प्रधानन्यायाधीश राणाले तीन जनालाई सरुवा गरेका स्रोतले जानकारी दिएको छ ।

विवादमा आएको व्यक्तिलाई उक्त स्थानमा राख्दा थप विवाद हुने भएपछि अन्य उच्च अदालतमा सरुवा गरिएको परिषद स्रोतले बताएको छ। पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका कार्यकालमा उनीहरू विषेश अदालतमा न्यायाधीश नियुक्त हुनु भएको थियो । जुम्ला इजलासका न्यायाधीश तेजबहादुर कार्की भने पोखरा उच्च अदालत सरूवा हुनु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्