- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आइसीसी महिला ट्वेन्टी–२० विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई ७८ रनको चुनौती

February 25, 2019
1074
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, फागुन १३ । थाईल्याण्डको बैंककमा जारी आइसीसी महिला ट्वेन्टी–२० विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई ७८ रनको चुनौती दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनायो ।

नेपालको लागि काजल श्रेष्ठले १८ रन जोड्दा सीता रानामगरले ११ तथा विन्दु रावलले १० रनको योगदान दिए । जवाफमा ७८ रनको चुनौती पछ्याउँदै चीनले आफ्नो ब्याटिङ सुरु गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा नेपालको यो पाँचौं खेल हो । यसअघिका चारमध्ये तीन खेलमा विजयी र एक खेलमा पराजित भएको नेपाल आज चौथो जितको खोजीमा छ ।

आयोजक थाइल्यान्डसँग पराजित भएपछि नेपाल दबाबमा परेको हो । जारी प्रतियोगिताबाट विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपालले यो प्रतियोगिता जित्नैपर्ने हुन्छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com