
पाकिस्तान, १० फागुन २०७५ । पाकिस्तानी प्रधानमन्त्रि इमरान खानले भारतले कुनै पनि कारर्वाही गरे त्यसको कडा रुपमा जवाफ दिन निर्देशन दिएका छन् । पाकिस्तानी मिडिया रिपोर्ट अनुसार, पाकिस्तानी प्रधानमन्त्रि इमरान खानले आफनो सेनालाई निर्देशन दिर्दे भने भारतको तर्फबाट गरीने कुनै पनि कारवाहीको निर्णायक तथा ब्यापक रुपमा जवाफ दिनु ।
जियो न्यूजको खबर अनुसार, प्रधानमन्त्रि इमरान खानले राष्ट्रिय सुरक्षा समितिको बैठकमा उक्त दिर्देशन दिए जसमा भु–रणनितिक, राष्ट्रिय सुरक्षा, पर्यावरण र पुलवामा घटनापछि उत्पन्न स्थिति माथि चर्चा गरीयो ।
राष्ट्रिय सुरक्षा समितिले भनेको छ कि “पुलवामा घटनामा पाकिस्तान कुनै पनि रुपमा सहभागी छैन । बैठक पछि जारी गरीएको बयानमा भनिएको छ घटनाको कल्पना तथा योजना कुनै पनि रुपमा पाकिस्तानमा तयार गरीएको थिएन ।” अगाडि भनिएको छ “पाकिस्तानले ईमानदारीता का साथ घटनाको जाँचसँगै साथ–साथ अन्य विवादित मुद्धाको बिषय लगायत आतंकवादको मुद्धाको बिषयमा छलफल गरेको छ । ”
“हामी आशा गछौ कि भारत यो अफरलाई सकारात्मक रुपमा जवाफ दिनेछ , जाँच वा उसको लागी कुनै गरीएको कुनै पनि ठोस सबुतमा यदि आतंकवादको लागी पाकिस्तानको भुमिको उपयोग गरीएको पाइएमा उसको विरुद्ध कारर्वाही गरीनेछ” वयानमा भनिएको छ ।
प्रधानमन्त्रि इमराना खानले यो एउटा नयाँ पाकिस्तान हो र हामी आफनो मानिसहरुलाई यो देखाउनको लागी दृढ छौ कि हामी उनीहरुको रक्षा गर्नमा सक्षम छौ भन्दै आएका छन् ।