- ADVERTISEMENT -

भेनेजुएलाको राजनीतिले विश्वभर प्रभाव पार्दै

February 22, 2019
879
Shares
- ADVERTISEMENT -

एजेन्सी, १० फागुन २०७५ । पछिल्लो समय भेनेजुएलाको राजनीतिले विश्वभर प्रभाव पार्दै गएको छ । गोरु बेचेको साइनोसमेत नभएको नेपालको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले त राजनीतिक रुप दिएर अमेरिकालाई हस्तक्षेप नगर्न चेतावनी दिएको थियो भने अन्य देशहरुले पनि आफ्नो तर्फबाट आफू सुहाउँदो भूमिका खेलिरहेका छन् ।

भेनेजुएलामा सत्ताधारी र प्रतिपक्षीको आ–आफ्नो राजनीतिलाई विश्वका राष्ट्रहरुले पनि समर्थन र विरोध गरिरहेका छन् । तर वर्तमान राष्ट्रपति निकोलस मडुरो भने थप आक्रामक बनेका छन् ।

- ADVERTISEMENT -

Advertisement

उनले ब्राजिलसँगको सीमा बन्द गर्ने निर्णय गरेका छन् । अमेरिकासहितका देशबाट मानवीय सहायता भित्रन नदिनका लागि राष्ट्रपति मडुरोले ब्राजिलको सीमा बन्द गर्ने भएका हुन् ।
मडुरोले कोलम्बियासँगको सीमा पनि बन्द गर्नेबारे छलफल चलिरहेको बताएका छन् ।

आफूलाई अन्तरिम राष्ट्रपति स्वघोषित गरेका विपक्षी नेता हुँवा गाउडियोको आग्रहमा अमेरिकाले भेनेजुएलाका लागि पठाएको मानवीय सहायता सामग्री बोकेका विमान सीमावर्ती कोलम्बियन शहर कुकुता पुगेका छन् ।

तर सीमामा राष्ट्रपति मडुरोको समर्थनमा रहेका सैनिकको अवरोध छ । मडुरोले भेनेजुएलामा कुनै पनि किसिमको मानवीय सहायताको खाँचो नरहेको बताउँदै आमएका छन् ।
प्राथमिकता पाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -