२०८३ वैशाख २८, सोमबार
८:०२:०६ बिहान
- ADVERTISEMENT -

तीन करोड लागतमा गोदावरीमा प्याराग्लाइडिङ

प्रकाशित मिति: २०७५ फागुन ९, बिहीबार

1186
Shares

ललितपुर, २०७५ साल फागुन ९ गते बिहिबार । खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउन नपर्ने भएको छ ।

हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका वरपरका रमणीय रोमाञ्चक दृष्यावलोकन एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी । उक्त अवसर छोप्दै चलचित्र अभिनेता नाजिर हुसेनले केही दिन अघि गोदावरीमा साहसिक खेल (प्याराग्लाइडिङ) को मजा लिएका थिए ।

कुनै पनि चलचित्रमा आकाशबाट अभिनय नगरेका हुसेनले वास्तविक जीवनमै पहिलोपटक उडेर अविस्मरणीय क्षण संगाले । “सोच्थेँ प्लेनमा चढेजस्तै हुन्छ होला, घरहरु कार्टुनजस्तै देखिन्छ होला, तर होइन रहेछ, पहिलोपटक यति तलबाट उडेर अनुभव सङ्गाल्दा अविश्मरणीय बन्यो”, हुसेनले भन्नुभयो ।

उड्ने बेलामा केही सेकेण्ड कुद्नु पर्छ । कुद्दा अनि आकारमा अप एण्ड डाउन तथा स्वीप हुँदा अलि डरजस्तो लागे पनि त्यसको आनन्द छुट्टै रहेको भन्दै हुसेनले एक किसिमको प्यारासुटसँगको खेलको अनूभूति गराएको सुनाउनु भयो । अघिल्लो हप्ता गायक सागर आलेले पनि गोदावरीको चापाखर्कमा पुगेर प्याराग्लाइडिङमा चराझैँ उडेर नयाँ अनुभव लिएका थिए । “शुरुमा डर महसुस भएको थियो, जब पाइलटले ब्रिफिङमा ९९ प्रतिशत सुरक्षित हुन्छ भने, अनि उडीहालौँ झैँ लाग्यो ।” उहाले भन्नुभयो ।

आकासमा उड्दा उहाले प्रेमको साम्राज्य र खाइदेउ गोरी बोलको गीतसँगै नारायणगोपाल, अरुण थापालगायत गायकका चर्चित गीतसमेत गाएर मनोरञ्जन लिएका थिए । पोखरामा प्रख्यात साहसिक पर्यटनको रुपमा चिनिने प्याराग्लाइडिङ अब उपत्यकामै पाउनु खुशीको कुरा भएको यहाँ पुग्ने पर्यटकको भनाइ छ ।

डेढ दशक अघि पोखराको सराङकोटबाट शुरु भएको साहसिक खेल अहिले विभिन्न जिल्लामा फैलँदै छ । देशको राजधानी रहेको उपत्यकामै प्याराग्लाइडिङ सञ्चालन भएपछि मजा लिन अब पोखरा धाउनुपर्दैन ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लिलाबहादुर बानियाँ गोदावरीको यो एउटा मात्रै प्याराग्लाइडिङ स्पट, साहसिक पर्यटनका लागि महत्वपूर्ण आयाम भएको बताउछन् । काठमाडौँबाट तुरुन्त जान सकिने यो नयाँ गन्तव्यका कारण पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको बानियाँले बताउनु भयो ।

नेपाल भ्रमण वर्ष सन् २०२० मा २० लाख बढी पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । यसलाई पूरा गर्न यसले ठूलो मद्दत गर्ने छ ।

रु तीन करोड लगानी

विगतमा बन्द हुँदै र खुल्दै आएको प्याराग्लाइडिङ हाल रु तीन करोड लगानीमा पुनः यही डिसेम्बर अन्तिमबाट सञ्चालन गरिएको हो । यो अवधिमा ३०० फ्लाइट भइसकेको छ ।

काठमाडौँ प्याराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ प्रालिको व्यवस्थापनमा चल्दै आएको छ । यसका निर्देशक नीरज पन्तले दृष्यावलोकनका लागि महत्वपूर्ण क्षेत्र भएर पनि उचित प्रचारप्रसार हुन नसक्दा व्यवसाय सन्तोषजनक हुन नसकेको बताउनु भयो ।

सन् २००७ मा पूर्वमन्त्री केशव स्थापितले संस्था स्थापना गरी प्याराग्लाइडिङ उडाउने पहल थालेका थिए । सन् २०११ देखि १४ सम्म राम्रो चलेको थियो । भूकम्पछि भने खासै चल्न नसकेको पन्तले बताउनु भयो । कोरियाली च्याङ जिङ ख्वानसहित नेपाली व्यवसायी नारायण अर्याल, विनोद शाह, कुमार घिमिरे र ट्रिप कन्सर्नको रु तीन करोड बढीको लगानीमा यही अहिले पुनः सञ्चालनमा ल्याइएको हो ।

यहाँको क्षमता दिनमा २५ वटा फ्लाइट गर्न सक्ने छ । छ वटा ग्लाइडर छ । गोदावरीको दुई हजार १०० मिटरमाथि चापाखर्कबाट शुरु हुने प्याराग्लाइडिङ एक हजार ६०० मिटरको उचाइमा रहेको रचनटारमा आएर ल्याण्ड हुन्छ । पोखराभन्दा उच्च स्थानबाट यहाँ उडान हुन्छ ।

काठमाडौँबाट १५ किलोमिटर गोदावरी वनभोजस्थलमा गाडीको सहज यात्रापछि करीब झण्डै पाँच किलोमिटर जङ्गलको कच्ची बाटो उकालो लागेपछि आउँछ चापाखर्क । यहाँबाट १५ देखि ३० मिनेटको उडान भर्न सकिन्छ । हावाको बेगमा भर पर्ने भएकाले कहिलेकाहीँ उडान लम्बिन सक्छ भने कहिले नहुन पनि सक्छ ।

उडानका लागि सरकारले निश्चित क्षेत्र तोकेको छ । त्योभन्दा बाहिर जान पाउँदैन । अहिले प्रारम्भिक चरणमा दैनिक दुईदेखि पाँच वटासम्म उडान भर्दै आएको छ । कुनै दिन २० सम्म उडान भरेको अनुभव सञ्चालकको छ ।

प्याराग्लाइडिङ चढ्न नेपालीलाई फोटो, भिडियो र काठमाडौँ आउने जाने यातायातसम्म जोडेर रु आठ हजार शुल्क लाग्ने भए पनि अहिले प्रवद्र्धन समय रहेकाले विशेष छुट गरी रु छ हजार ५०० मा उडान गरिरहेको छ । विदेशीलाई रु ११ हजार ३०० शुल्क लाग्छ ।

यहाँको मुख्य विशेषता भनेको डाँडाकाँडा, हरियाली वन र सुन्दर उपत्यकालाई नियाल्न सकिन्छ । स्वच्छ हावापानी, रोमाञ्चक दृष्यावलोकनसँगै मौसम खुल्दा लाङटाङ हिमशृङ्खलासँगै गणेश, गौरीशङ्करलगायत हिमाल देख्न सकिन्छ ।

नगरकोटबाट देखिने सबै हिमाल देखिने र सुन्दर उपत्यकासमेत नियाल्न पाउने भएकाले पनि यहाँ प्याराग्लाइडिङ गर्दाको मजा छुट्टै छ । उपत्यका नजिकै शङ्करापुरमा पनि अहिले प्याराग्लाइडिङ सञ्चालनमा छ । नेपालमा करीब २०० पाइलट छन् भने ६५ प्याराग्लाइडिङ कम्पनी छ ।

नर्मल (तातो हावा) पायो भने घुमेरमाथि पनि चढ्न सकिन्छ । बुधबार दिनभर हावा उल्टो बहेकाले चार वटा फ्लाइट हुन सकेन । आज चार फ्याइटको बुक भएको छ । हावाको बहावसँग खेल्ने भएकाले हावा राम्रो भयो भने दुई हजार ५०० मिटर माथिसम्म जान सकिन्छ ।

आठ वर्षदेखि उडान भर्दै आएका पाइलट बवि राउतले हरेक क्षेत्रको आआफ्नै विशेषता भएको बताउँदै हरियाली वनजङ्गल, उपत्यकाको दृष्यावलोकन र हिमशृङ्खला अवलोकनका लागि गोदावरी महत्वपूर्ण गन्तव्यको रुपमा मानिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -