२०८३ वैशाख २८, सोमबार
८:५३:११ बिहान
- ADVERTISEMENT -

कर्मचारी समायोजन विधेयक पारित

प्रकाशित मिति: २०७५ फागुन ८, बुधबार

869
Shares

काठमाडौँ, ८ फागुन, राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक आज बसेको राष्ट्रियसभाको बैठकले पारित गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’लाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यस्त ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ समेत दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

बैठकमा ती दुवै प्रस्तावलाई कानूनमन्त्रीका तर्फबाट सामान्य प्रशासनमन्त्री पण्डितले प्रस्तुत गर्नुभएको थियो । दुवै प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

बैठकको शुरुमा राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लेखा परीक्षण विधेयक, २०७५’ र ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’लाई टेबुल गर्नुभएको थियो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक, २०७५’ तथा प्रतिनिधिसभाबाटै सन्देशसहित प्राप्त ‘राहदानी विधेयक, २०७५’का सम्बन्धमा समितिका प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १२ गते अपराह्न २ः३० बजे बस्नेछ । (रासस)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -