काठमाडौं, ७ फागुन २०७५ सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश दिपकराज जोशीले राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका हुन् ।
संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीसका लागि अयोग्य रहेको भन्दै नाम अस्विकार गरेपनि जोशी बरिष्ठ न्यायाधीसका रुपमा सर्वोच्च मै हुनुहुन्थ्यो ।
यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो ।
बि स २०६३ को अन्तरिम संविधान जारी भएपछि व्यवस्था गरिएको संसदीय सुनुवाइबाट अस्वीकृत हुने जोशी पहिलो न्यायाधीश हुन् ।