Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:५३ बिहान
- ADVERTISEMENT -

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब १२ हजार शाखा अधिकृतको समायोजन

प्रकाशित मिति: २०७५ फागुन ६, सोमबार

2803
Shares

काठमाडौं, फागुन ६ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ। संघ, प्रदेश र स्थानीय तहमा करिब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। उनका अनुसार प्रशासन, लेखा, राजस्व र शिक्षा सेवाको शाखा अधिकृतलाई समायोजन गरिएको छ। सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको हो।

यसअघि मन्त्रालयले सचिव, सहसचिव र उपसचिवलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो। ६६२ सहसचिवमध्ये संघमा ५६० र प्रदेशमा १०२ तथा उपसचिवमध्ये संघमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चारको समायोजन गरेको थियो। मन्त्रालयले फागुन ३ मा समायोजन रोजेका सबै कर्मचारीको समायोजन गर्ने भने तापनि प्राविधिक कारण त्यो हुन नसकेको हो।

प्रवक्ता अधिकारीका अनुसार कृषि, वन, स्वास्थ्य र इञ्जिनियर सेवाको शाखा अधिकृतको समायोजन गर्न भने बाँकी छ। सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ देखि यही माघ २ सम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो। सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -