- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालको पानी जहाज : २०२८ सालमै दर्ता, प्रभाकर शम्शेरले पूरा गरे’थे महेन्द्रको सपना

February 15, 2019
945
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ३ फागुन २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेको पानी जहाजको योजना २०२८ सालमा नै सुरुवात भएको भेटिएको छ । सरकारी दस्तावेज र त्यतिबेलाका प्रत्यक्षदर्शीहरुको भनाईलाई आधार मान्दा २०२८ सालमा स्थापना भएर पनि केही वर्षमा असफल बनेको आयोजना नै अहिले प्रधानमन्त्री ओलीले धुमधामका साथ पुनस्र्थापित गरिएको खुलेको हो । यद्यपि पहिलेको कम्पनी निजी कम्पनी थियो भने अहिले सरकार आफैंले यसमा सक्रियता देखाएको छ ।

बि स २०२८ सालमा तत्कालीन राजा महेन्द्रको पहलमा व्यवसायी प्रभाकर शम्शेर सहितको समूहलले नेपाली ध्वजाबाहक पानी जहाज निजी लगानीमा खरिद गरी सञ्चालनमा ल्याएको थियो । त्यतिबेला महेन्द्रले भारत लगायतका मुलुकहरुसँग सम्झौता नै गरेर पानी जहाज सञ्चालनको आयोजना सुरु गराएका थिए ।

आज भन्दा ४७ वर्ष पहिले नै सञ्चालनमा आएको सो पानी जहाजलाई गण्डकसम्म ल्याउन सक्नेगरी अन्तराष्ट्रिय सम्झौता भएको थियो । तर, धेरै लामो समय सञ्चालनमा आउन नसकेपछि झण्डै दुई वर्षपछि जहाज सञ्चालन बन्द गरिएको जानकारहरु बताउँछन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेख अनुसार कम्पनी दर्ता नं ५ सय २२ मा २०२८ साल असोज ८ गते रोयल नेपाल सिपिङ क्रप्सको नाममा पानी जहाज कम्पनी सुरु भएको थियो । यही कम्पनी नै नेपालको पहिलो पानी जहाज कम्पनीको रुपमा दर्ता भएको देखिएको छ । यद्यपि यो पानी जहाजमा सरकारले भने कुनै प्रत्यक्ष लगानी गरेको थिएन । तर, दूरदर्शी राजाका रुपमा रहेका तत्कालीन राजा महेन्द्रले निजी क्षेत्रको लगानी भएपनि त्यो आयोजनालाई सफल बनाउनको लागि ठूलो सहयोग गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान सम्झन्छन् पानी जहाज चलाउने सपना राजा महेन्द्रको पनि थियो । उहाले सबै खर्च जुटाउन सकेनन् या चाहेनन् । निजी क्षेत्रलाई नै त्यसको जिम्मा दिए र आफू पछि बसेर त्यो सपना पूरा गर्न सहयोग गर्नुभयो । महेन्द्रको समेत सहयोगमा प्रभाकर शम्शेर र उनको समूहले एउटा पानी जहाज किनेर समुद्रमा नै चलाउने गरेको स्मरण उहाको छ ।

प्र्रधानको मानस पटलमा पानी जहाजको त्यो स्मरण विस्तारै विस्तारै मिटिने क्रममा छ । तर, उहाले यो कामलाई पूर्ण रुपमा भने विर्सन सकेका छैनन् । समुद्रमा नेपाली झण्डा ईंकित पानी जहाज चलिरहेको तस्वीर सहित पत्रिकामा प्रकाशित भएको कुरा फेरि सम्झिए ।

प्रधानले सो टीममा को को थिए भन्ने विषय भने विस्मरण भईसकेको बताउनु भयो । तर, एउटा जहाज प्रभाकर शम्शेर र उनको टीमले किनेर भारत र अन्य विभिन्न देशको समुद्र प्रयोग गर्न समेत स्वीकृति लिएकोसम्म स्मरण उनले गरेका छन् । ‘त्यतिबेला विभिन्न देशहरुसँग सम्झौता नै गरेर पानी जहाज सञ्चालन गरिएको थियो ।’ उहाले भन्नुभयो ‘त्यो सम्झौता अनुसार जहाज गण्डकसम्म ल्याउने भनिएको थियो । तर, गण्डकमा जहाज नल्याउँदै त्यो बन्द भयो ।’ उहाले प्रधानमन्त्री ओलीको यो प्रयास नयाँ भने नरहेको बताउनु भयो ।

त्यतिबेला झण्डै दुई वर्षसम्म जहाज चलेको स्मरण उनले गरेका छन् । ‘डिल्ली बजारका एक जना पाण्डे थरका व्यक्ति त्यसको प्रमुख थिए । राजा महेन्द्रले आफ्नै पहलमा सो कम्पनी दर्ता गराएका थिए ।’ यद्यपि भारतसँगको सम्बन्धमा सोही समयमा केही उतार चढाव भयो । नेपालमा ल्याण्ड गर्नको लागि समेत समस्या सिर्जना भएको र समान समेत तुलनात्मक रुपमा केही महंगो पर्ने भएकोले पनि यो पानी जहाज आयोजनाले पूर्णता पाउन नसकेको प्रधानले स्मरण गरेका छन् । उहाले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -