काठमाडौं, २ फागुन २०७५ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने भएक छन् ।

सम्बोधन अपराह्न ४ बजेका लागि तय भएको बुझिएको छ । उनको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकारको १ वर्षको उपलब्धि र भावी योजना समेटिने छ ।

ओली दोस्रोपटक प्रधानमन्त्री बनेको शुक्रबार एक वर्ष पुग्दैछ । पहिलोपटक उनी ०७२ असोज २४ मा प्रधानमन्त्री बनेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्