२०८३ वैशाख २८, सोमबार
९:२५:२२ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री रोजगार कार्यक्रम : २२६२ जना सर्ट लिस्टमा को को पर्नुभयो हेर्नुहोस

प्रकाशित मिति: २०७५ फागुन १, बुधबार

1025
Shares

काठमाडौं, १ फागुन २०७५ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७५३ वटै स्थानीय तहमा खटाउने रोजगार संयोजक पदमा आवेदन दिएका मध्येबाट परीक्षार्थीहरूको प्रारम्भीक योग्यताक्रमको सूची सार्वजनिक गरेको छ।

अधिकृत तथा नासुसरह गरी कूल २३ हजार ९१७ आवेदन परेकामा दुई हजार २६२ जनालाई सर्ट लिस्टमा राखिएको हो। सातै प्रदेशका स्थानीय तहहरूमा खटाउने रोजगार संयोजक पदमा आवेदन दिएकामध्ये माग संख्या ७५३ को तीन गुणा बढीलाई प्रारम्भीक योग्यताक्रमको सूची ९सर्ट लिस्ट० मा समावेश गरिएको हो। बराबर नम्बर ल्याउने दुबै उम्मेदवारलाई सूचीमा समावेश गरिएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सोमबारको बैठकबाट सर्ट लिस्ट छानिएको मन्त्रायले जनाएको छ। हरेक स्थानीय तहमा एक रोजगार संयोजक राख्ने गरी सरकारले आवेदन आह्वान गरेको थियो। १० हजार भन्दा कम जनसंख्या भएका स्थानीय तहमा नायब सुब्बा सरह र अन्यमा अधिकृत सरह रोजगार अधिकृत राख्नेगरी सरकारले आवेदन मागेको थियो।

अब सर्ट लिस्टमा परेकाहरूलाई कम्प्युटर सीप परीक्षा लिइनेछ। र, अन्तिम सूची सार्वजनिक गरिनेछ। सरकारले फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्दैछ।

सर्ट लिस्टमा परेकाहरूको नामावली हेर्नुहोस्

प्रदेश १ बाट रोजगार संयोजक (शाखा अधिकृत सरह) मा २१६४ जनाको आवेदन परेकोमा ३९० जनालाई सर्ट लिस्ट गरिएको छ। यहाँ यो पदमा १३० जना माग भएको छ। हेर्नुस् सूची

यस्तै प्रदेश १ बाटै ७ रोजगार संयोजक ९नासु सरह० माग भएकोमा २१ जना सर्ट लिस्टमा परेका छन्। यो पदका लागि १५०१ जनाले आवेदन दिएका थिए। हेर्नुस् सर्ट लिस्टमा परेका आवेदकको सूची

यस्तै प्रदेश २ मा रोजगार संयोजक ९शाखा अधिकृत सरह० मा १३६ जनाको आवेदन माग भएकोमा ४०८ जना सर्ट लिस्टमा परेका छन्। यो पदका लागि ३६४७ जनाले आवेदन दिएका थिए। हेर्नुस् सर्ट लिस्टमा परेका आवेदकको सूची

प्रदेश ३ बाट रोजगार संयोजक ९शाखा अधिकृत सरह० मा ३१४९ जनाको आवेदन परेकोमा ३३७ जनालाई सर्ट लिस्ट गरिएको छ। यहाँ यो पदमा ११२ जना माग भएको छ। हेर्नुस् सूची

यस्तै प्रदेश ३ बाटै ७ रोजगार संयोजक ९नासु सरह० माग भएकोमा २२ जना सर्ट लिस्टमा परेका छन्। यो पदका लागि १८४५ जनाले आवेदन दिएका थिए। हेर्नुस् सर्ट लिस्टमा परेका आवेदकको सूची

गण्डकी प्रदेशबाट रोजगार संयोजक ९शाखा अधिकृत सरह० मा १०१० जनाको आवेदन परेकोमा २२२ जनालाई सर्ट लिस्ट गरिएको छ। यहाँ यो पदमा ७४ जना माग भएको छ। हेर्नुस् सूची

यस्तै गण्डकी प्रदेशमै ११ रोजगार संयोजक ९नासु सरह० माग भएकोमा ३३ जना सर्ट लिस्टमा परेका छन्। यो पदका लागि ९४५ जनाले आवेदन दिएका थिए। हेर्नुस् सर्ट लिस्टमा परेका आवेदकको सूची

यस्तै प्रदेश ५ मा रोजगार संयोजक ९शाखा अधिकृत सरह० मा १०९ जनाको आवेदन माग भएकोमा ३२७ जना सर्ट लिस्टमा परेका छन्। यो पदका लागि २२७३ जनाले आवेदन दिएका थिए। हेर्नुस् सर्ट लिस्टमा परेका आवेदकको सूची

कर्णाली प्रदेशबाट रोजगार संयोजक ९शाखा अधिकृत सरह० मा १३८८ जनाको आवेदन परेकोमा १८६ जनालाई सर्ट लिस्ट गरिएको छ। यहाँ यो पदमा ६२ जना माग भएको छ। हेर्नुस् सूची

यस्तै कर्णाली प्रदेशमै १७ रोजगार संयोजक ९नासु सरह० माग भएकोमा ५२ जना सर्ट लिस्टमा परेका थिए। यो पदका लागि १९९० जनाले आवेदन दिएका थिए। हेर्नुस् सर्ट लिस्टमा परेका आवेदकको सूची

सुदूरपश्चिम प्रदेशबाट रोजगार संयोजक ९शाखा अधिकृत सरह० मा २४०३ जनाको आवेदन परेकोमा २४६ जनालाई सर्ट लिस्ट गरिएको छ। यहाँ यो पदमा ८२ जना माग भएको छ। हेर्नुस् सूची

यस्तै सुदूरपश्चिम प्रदेशमै ६ रोजगार संयोजक ९नासु सरह० माग भएकोमा १८ जना सर्ट लिस्टमा परेका थिए। यो पदका लागि १६०२ जनाले आवेदन दिएका थिए। हेर्नुस् सर्ट लिस्टमा परेका आवेदकको सूची

छानिएका उम्मेदवारहरूको कम्प्युटर सीप परीक्षाको समयतालिका पनि मन्त्रालयले सार्वजनिक गरेको छ। फागुनको ११ र १२ मा उनीहरूको कम्प्युटर सीप परीक्षा हुनेछ। अन्नपूर्णबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -