Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५४:४५ बिहान
- ADVERTISEMENT -

राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जको ठाउँ साँघुरो भएकाले सबै क्रियाकलाप एकै ठाउँमा गर्नका लागि फराकिलो स्थानमा स्थानान्तरण गर्ने तयारी

प्रकाशित मिति: २०७५ माघ २९, मंगलबार

736
Shares

काठमाडौं, २९ माघ २०७५ । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जको ठाउँ साँघुरो भएकाले सबै क्रियाकलाप एकै ठाउँमा गर्नका लागि फराकिलो स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रहरी निरीक्षक आधारभूत तालीमको १७८औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले धेरै वर्ष अगाडिदेखि हालको ठाउँ साँघुरो भयो भन्ने आभास हुँदै आएको र यहाँबाट पनौती लाने भनेर जमीन खरीद गरिएको बताए । उनले भने, ‘दशौँ वर्षअघि भारतले समेत एकेडेमी बनाउने भनेको थियो, अहिले यसमा कतिपय हल्ला गर्न रुचाउने सेलेब्रेटी स्वभावले अनुचित खालका टिप्पणी गरे ।’

‘कतिपयले सम्माननीय राष्ट्रपतिज्यूले यहाँबाट लखेट्न खोज्या हो कि जस्तो गरेर प्रचार गरी असभ्यता देखाए, पूर्वप्रहरी अधिकृतले आफ्नो समयमा त्यही कुरा गर्ने अनि अहिले आएर विरुद्धमा वक्तव्यबाजी र टिप्पणी गरेको पनि सुनियो, जनताको पक्षमा काम गर्न सरकार दृढ छ’, प्रधानमन्त्रीले थपे । प्रहरी स्रोतलाई उद्धृत गर्दै राससले जनाएअनुसार प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा स्थानान्तरण गर्न दुई तीन चरणमा गरी ८२२ रोपनी जग्गा लिइसकिएको छ ।

अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले विभिन्न बहानामा अपराधको राजनीतीकरण भएको उल्लेख गर्दै बम पड्काउने, मान्छे मार्ने, अपराध गर्ने र जनताको नाममा लुटपाट मच्चाउने प्रयास गर्ने र आतङ्ककारी क्रियाकलापमा राजनीतिको खोल बनाउनेहरु उम्किन नसक्ने चेतावनी दिए ।

देशको समृद्धि र सुशासनका लागि प्रहरीको समेत महत्वपूर्ण भूमिका हुने बताउँदै प्रधानमन्त्री ओलीले दीक्षित प्रहरी निरीक्षकलाई अनुशासनमा बस्न र मातहतकालाई अनुशासनमा राख्न आग्रह गरे। सानालाई दलाउने र माथिकाको दलाली गर्ने काम बन्द गर्न उनको सुझाव थियो । बढुवा हुनका लागि कसैलाई रिझाउनु र कसैकामा धाउनु नपर्ने पनि उनले दाबी गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -