Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
८:०५:४६ बिहान
- ADVERTISEMENT -

प्रजातन्त्र दिवस तीन दिन विभिन्न कार्यक्रम गरी मनाउने : बिभिन्न उपसमिति गठन

प्रकाशित मिति: २०७५ माघ २९, मंगलबार

916
Shares

काठमाडौं,२९ माघ २०७५ । सरकारले ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

दिवसका अवसरमा फागुन ६ गते दिपावलीसँगै उपत्यकाका महानगर र नगरपालिकाले आ-आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं व्यानरसहित नगरको सरसफाइ र सजावट गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै, फागुन ७ गते मुख्य दिन राष्ट्रपतिको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरिने समितिले जनाएको छ ।

सोही दिन बिहान सेनाले बिगुल बजाउने, तोप र बन्दुकबाट बढाइँ गर्ने, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि र बेलुन उडाउने तथा शहीदको आत्माको चिर-शान्तिको कामनाका साथ पूजापाठ र प्रार्थनाको कार्यक्रम गरिनेछ । कार्यक्रममा उपराष्ट्रपति मूल समारोहमा समितिका अध्यक्ष एवं प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, संवैधानिक आयोगका अध्यक्ष र सदस्य, मन्त्रीलगायतको उपस्थिति रहनेछ ।

उपत्यका बाहिर प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा तथा जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा दिवस मूल समारोह समिति बनाइ विभिन्न कार्यक्रम गरिनेछ ।

काठमाडौँमा दिवस मनाउनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा प्रचारप्रसार उप-समिति, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उप–समिति र काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा व्यायाम व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

जिल्ला सदरमुकामबाहेकका स्थानीय तहमा सम्बन्धित स्थानीय तहको प्रमुख तथा अध्यक्षको संयोजकत्वमा समिति गठन गरी प्रभातफेरी, प्रवचन, गोष्ठी, सांस्कृतिक कार्यक्रम तथा सरसफाइ कार्यक्रम गरिनेछ । यस्तै फागुन ६ देखि ८ गते तीन दिन साँझ दिपावलीसमेत गरिने मूल समारोह समितिले जनाएको छ ।

समितिको बैठकले विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्य दुतावासमा विभिन्न कार्यक्रमसहित तीनै दिन साँझ दिपावली गर्ने समितिले निर्णय गरेको छ । वि सं २००७ फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -