२०८३ जेठ ५, मंगलबार
२:४१:४१ राति
- ADVERTISEMENT -

ग्रीस र भारतको सम्बन्धमा नै दरार उत्पन्न हुने संकेत

प्रकाशित मिति: २०७५ माघ २८, सोमबार

1223
Shares

काठमाडौं, २८ माघ २०७५ । भारतबाट पठाईएको केही बन्द खामको कारण ग्रीसमा हंगामा मच्चिएको छ । केही दर्जन भारतबाट पठाईएको खामलाई ग्रीस सरकारले शंकास्पद मानेपछि यसको विषयमा अहिलेपनि छानविन चलिरहेको छ ।

ग्रीसको केही विश्वविद्यालयमा पठाईएका ती खामहरु लिएपछि ती विश्वविद्यालयका कर्मचारीहरुमा एलर्जी जस्ता समस्याहरु देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरेर सो विषयमा छानविन सुरु गरिएको छ । ती खामहरुमा केही इस्लामिक सामग्रीहरु समेत भेटिएको छ । ग्रीसको एउटा अनुसन्धान एजेन्सीले ती खामहरुमा केमिकल, बायोलोजिकल, रेडियोऐक्टिभ तथा न्यूक्लियर खतरा देखेपछि एजेन्सीको टोली समेत सतर्क बनेका थिए । यो घटनाले भात र ग्रीसको सम्बन्धमा समेत समस्या निम्त्याउने आशंका गर्न थालिएको छ । स्मरणयोग्य के छ भने संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा जाने भारतको इच्छामा ग्रीसले समेत सहमती जनाएको छ ।

केही खामभित्र इस्लामिक सामग्रीहरु
ती खामहरु भारतबाट विभिन्न विश्वविद्यालयहरुमा पुगेको थियो । ग्रीसको एजेन्सबाहेक अन्य शहरहरु अरता, स्पार्टा तथा वोलोजमा समेत त्यस्ता शंकास्पद खामहरु मिलेका छन् । यसमध्ये केही खामको भित्र इस्लामिक धर्मालम्बीहरुले प्रयोगगर्ने केही सामग्रीहरु समेत भेटिएको छ । यस्तो भेटिएपछि ग्रीसको आतंकवाद विरुद्ध लड्ने फोर्सले समेत यसमा अनुसन्धान सुरु गरेको छ । यस सम्बन्धमा भारतीय प्रशासनले समेत ग्रीससँग नियमित सम्पर्क गरेर त्यसको विषयमा जानकारी लिईरहेको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ ।

ग्रीसका सिविल प्रोटेक्शन विभागका महासचिवका अनुसार ती खामहरुमा भेटिएको शंकास्पद बस्तु केमिकल जस्ता छन् । अहिलेसम्मको जाँचका अनुसार ती केमिकलहरु औद्योगिक प्रयोजनको लागि प्रयोग हुने केमिकलहरु रहेका छन् । ती केमिकलहरु बढी मसिहरु बनाउने काममा प्रयोग गरिएको छ । अहिले सो पदार्थलाई प्रयोगशालामा पठाईएको छ ।

यसरी खुल्यो शंकास्पद खामको कहानी
ग्रीक प्रशासनका अनुसार ती खामहरु भारतबाट क्रिसमसको समय ताका पठाईएको पाईएको छ । यस्ता खामहरु सबैभन्दा पहिले ग्रीसको मिटालिनी तथा लेसवास विश्वविद्यालयमा भेटिएको थियो । जब ती विश्वविद्यालयका ६ जना कर्मचारीहरुले यसको बारेमा प्रशासनलाई बताए । ती कर्मचारीहरुको शरीरमा त्यो केमिकलले तत्कालै प्रतिक्रिया देखाउन थालेपछि उनीहरुलाई अस्पताल पठाईएको थियो भने स्थानीय प्रशासनलाई यस विषयमा खबर गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -