२०८३ जेठ ५, मंगलबार
२:५८:३९ राति
- ADVERTISEMENT -

‘सुक्ष्म निगरानी समूह गठन गर्दै अख्तियार’

प्रकाशित मिति: २०७५ माघ २८, सोमबार

848
Shares

काठमाडौँ, माघ २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सरकारी कार्यालयको निगरानीका लागि सुक्ष्म निगरानी समूह गठन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
निगरानी समूहका सदस्यहरू विभिन्न कार्यालयमा सेवाग्राही भई अनुगमनमा जाने छन् । आयोगले खटाएका व्यक्ति सेवाग्राही भएर जानेछन् । कुनै गल्ती भएमा कारबाहीका लागि सिफारिस हुनेछ ।

प्रमुख आयुक्त घिमिरेले ‘¥यापिड अपरेशन टास्क फोर्स’ नाम दिएर सुक्ष्म निगरानी समूह गठन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘अब कार्यालयहरूमा सुक्ष्म निगरानी समूह गठन गर्छाैँ । त्यसलाई ¥यापिड अपरेशन टास्क फोर्स’ भनेर नाम दिइएको छ । त्यसको कार्यविधि आयोगले स्वीकृत गरिसकेको छ । अब हामी टिम बनाएर सेवाग्राही नै भएर सम्बन्धित कार्यालयमा जान्छौं ।’’

समूहले कुनै कमी कमजोरी फेला पारेमा कारबाहीका लागि सिफारिस गर्नेछ । कमजोरी भएको नदेखिएमा सम्बन्धित कार्यालयका प्रमुख, विभागीय प्रमुख वा सचिवलाई बोलाएर आयोगले कार्यालयको अबस्थाबारे जानकारी दिनेछ ।
यस्तै, आयोगले भ्रष्टाचार न्यूनीकरणका लागि प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत नागरिक निगरानी समूह (सिटिजन जुरी) निर्माण गर्ने तयार पनि गरेको छ । अख्तियारले मात्र भ्रष्टाचार न्यूनीकरण गर्न नसक्ने भन्दै नागरिक समाजका विशिष्ठ व्यक्ति सम्मिलित समूह गठन गर्न लागिएको हो ।
समूह स्वतन्त्र रुपमा रहनेछ । आयोगले आवश्यक सहयोग भने गर्नेछ । पाइलटिङका रुपमा सुरु गर्न लागिएको समूह सफल भएमा थप विस्तार गर्ने पनि प्रमुख आयुक्त घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘‘आग्रह पूर्वाग्रह राखेर संस्थाले काम गर्न लाग्यो भने हामी त्यसमा जोडिएर पनि बस्दैनौँ । किनकी यो हाम्रो पाइलट प्रोजेक्ट जस्तै हो । सफल भएमा अन्यत्र पनि फैलावट हुन्छ नभएमा त्यसलाई त्यही पूर्णविराम लगाउँछौँ वा ‘करेक्सन’ गरेर जान्छौँ ।’’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -