काठमाडौं, २६ माघ २०७५ । प्रधानमन्त्री केपी शर्मा ओली वाग्मती सरसफाइको ३ सय हप्ता पुगेको अवसरमा सहभागी भइरहँदा अधिकारसम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समितिमा स्थानिय किसानहरुले भने विरोध जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थाहा पाउनेगरि उनीहरुले प्रधानमन्त्री सहभागि कार्यक्रमको नजिकै कालो ब्यानर सहित धर्नामा बसेका हुन् ।

समितिको कार्यालय भन्दा केहि पर प्रधानमन्त्री केपी शर्मा ओली वागमती सरसफाइको अभियानमा सहभागी भइरहँदा वाग्मती पिडित किसानहरु भने सरकारको विरोधमा उत्रिएका हुन्। उनीहरुले समितिको कार्यालयमा कालो व्यानर टाँगेर विरोध जनाएका हुन् ।

वाग्मती सरसफाइमा सहभागि भइपनि एशियाली विकास बैङको सहयोगमा भइरहेको वाग्मती व्यूटीफिकेशनको काममा भने आफूहरुले अवरोध सिर्जना गर्ने उनीहरुले चेतावनी दिएका छन् । संघर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीले पिडित किसानहरुको २२ बर्षदेखिको पीडालाई कम नगरि एकोहोरो काम मात्र अघी बढाउन खोजेको भन्दै माघ २८ देखि व्यूटीफिकेशनको काममा अवरोध गर्ने बताएका हुन् ।

राज्यको शक्तिको आडमा अधिग्रहण समेत नगरि मुआव्जा समेत नदिइ अधिकारसम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समितिका नाममा जग्गा कब्जा लिएको पिडित किसानहरुको आरोप छ ।

आफूहरुको माग पुरा गर्न २०५३ सालदेखि २०७५ सालसम्म ५ वटा समिति बनेको तथा तिनका सिफारिस कार्यान्वयन नगरिएकोमा उनीहरुले आक्रोश व्यक्त गरे । आफूहरुलाई आफ्नो हकभोगको जग्गा प्रयोग गरे वापत सरकारले क्षतिपूर्ती दिनुपर्ने माग उनीहरुले निरन्तर उठाउँदै आएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्