काठमाडौँ, २४ माघ २०७५ । अखिल (क्रान्तिकारी) ले आज बिहिबार शैक्षिक हडताल गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकको गिरफ्तारविरुद्ध विहीबार देशभर शैक्षिक हडतालको घोषणा गरेको हो ।
अखिल क्रान्तिकारीले भोलि एक दिन शैक्षिक संस्थाहरु बन्द गरि सहयोग गर्न आग्रह गरेको छ । अखिल क्रान्तिकारीले केन्द्रीय समितिले यसअघि नै पत्रकार सम्मेलनको आयोजना गरि सो आग्रह गरेको थियो भने बुधार साँझ ब्यूरो, जिल्ला, समन्वय समितिले विज्ञप्ति जारी गरेर व्यवस्थापन, अभिभावसँग आग्रह गरेका छन् ।
त्यसैगरी, सिटिईभिटी समन्वय समिति संयोजक हर्कबहादुर बिकले बुधबार साँझ एक विज्ञप्ति जारी गरेर आज बिहिबार एक दिन सिटिईभिटी अन्तरगतका सबै शैशिक्षक संस्था बन्द गरी सहयोग गर्न आग्रह गरेका छन् ।
त्यसैगरी लुम्बनी संयोजक विरेन्द्र बिकले पनि विज्ञप्ति जारी गरेर संगठनले घोषणा गरेको शैक्षिक हड्ताललाई सफल पार्न सम्बन्धि सबैसँग आग्रह गरेका छन् । बिकले रुपन्देही, नवलपुर, पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, कपिलवस्तु जिल्लाभित्रका संचालित कुनैपनि शैक्षिक संस्था संचालन नगर्न अपिल गरेका छन् ।