- ADVERTISEMENT -

गृहनगरमा अभिनासको भब्य स्वागत

February 6, 2019
902
Shares
- ADVERTISEMENT -

काठमाडौं, २३ माघ २०७५ । क्रिकेटर अभिनास बोहरालाई गृहनगर नेपालगंजमा भब्य स्वागत गरिएको छ । राष्ट्रिय क्रिकेट टोलीबाट युनाइटेड अरब इमिरेट्स ‘यूएई’बिरुद्धको डेब्यु ट्वान्टी–२० श्रृखंलामा उत्कृष्ट प्रदर्शन गरेका अभिनासलाई भब्य स्वागत गरीएको हो ।

उनले यूएईबिरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालले ४ विकेटको जित निकाल्दा ३ विकेट लिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

४ ओभर बलिङ गर्दै २० रन खर्चिएका थिए । अन्तिम खेलमा नेपाल १४ रनले विजय हुँदा अभिनासले २ विकेट तथा पहिलो खेलमा १ विकेट लिएका थिए । समग्रमा ६ विकेट लिएका अभिनास म्यान अफ द सिरिज भएका थिए ।

आज गृहनगर बाँके पुगेका उनलाई राझा विमानस्थलबाट गाडीमा राखेर नगरपरिक्रमा गराइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -