२०८३ वैशाख २८, सोमबार
८:३२:३८ बिहान
- ADVERTISEMENT -

सांसदको प्रश्न- निर्मलाका हत्यारा बालुवाटार कि सिंहदरबारमा छन् ? गृहमन्त्री- जहाँ भएपनि छाडिन्न

प्रकाशित मिति: २०७५ माघ २३, बुधबार

806
Shares

काठमाडौं, २३ माघ २०७५ । गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार र हत्याकाण्डको अनुसन्धान जारी रहेको बताएका छन् । यस विषयमा सरकार गम्भीर रहेको उनको जिकिर छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा कांग्रेस सांसद डिला संग्रौलाले गरेको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बादलले अनुसन्धानमा लापरवाही गरेका प्रहरीलाई कारवाही गरिसकिएको बताए ।

अनुसन्धानलाई तीव्र गतिमा अगाडि बढाइरहेको उनले बताए । त्यसअघि डा। डिला संग्रौलाले निर्मलाका हत्यारालाई तत्काल पक्राउ गरी मुद्दा किन चलाइएको छैन ? भनेर प्रश्न गरेकी थिइन् ।

मन्त्रीको जवाफप्रति चित्त नबुझेपछि प्रतिपश्न गर्दै सांसद संग्रौलाले भनिन्, निर्मला पन्तका हत्यारा बालुवाटार या सिंहदरवारमा कहाँ छन् ? जवाफ दिनुपर्‍यो ।

जवाफमा गृहमन्त्री बादलले अपराधी जहाँ भए पनि कानूनको कठघरामा आउने बताए ।

‘जहाँसम्म अपराधीहरू बालुवाटार या सिंहदरबार कहाँ छन् भन्ने प्रश्न छ, अपराधी जहाँ भए पनि कानूनको कठघरामा आउनेछन्,’ गृहमन्त्री थापाले भने ।

महिलामाथि भएका हिंसाका घटनामा ९६ प्रतिशत अपराधीलाई कानूनको कठघरामा ल्याउन सफल भएको उनको जिकिर छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -