२०८३ जेठ ३, आइतबार
६:३०:५८ बेलुका
- ADVERTISEMENT -

वैदेशिक स्रोत परिचालनको समस्या समाधान गर्न बैंक तथा वित्तिय संस्थालाई अर्थमन्त्रीको निर्देशन

प्रकाशित मिति: २०७५ माघ २३, बुधबार

972
Shares

काठमाडौं, माघ २३

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राष्ट्र बैंक र वित्तिय संस्थाहरुले वैदेशिक स्रोत परिचालनमा देखापरेका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ ।

अर्थ मन्त्रालयमा सम्पन्न उच्चस्तरीय वित्तिय क्षेत्र समन्वय समिति बैठकमा मन्त्री खतिवडाले वैदेशिक लगानी सम्बन्धी प्रक्रिया अगाडि बढाएर निजी क्षेत्र, राष्ट्र बैंक र उद्योगीहरुबीच सहकार्य गरेर काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले आन्तरिक स्रोतको परिचालनले मात्र उच्च आर्थिक बृद्धिदर हासिल नहुने भन्दै बाह्य स्रोत परिचालन र प्रर्वद्धनमा समेत ध्यान दिन सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभयो । प्रत्यक्ष वैदेशिक लगानीका आवेदनलाई यथाशक्य छिटो सम्बोधन गर्नुका साथै बैंकहरुलाई विदेशी स्रोत परिचालनमा थप सहजीकरया गर्न आवश्यक भए सो तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जीवी नेपाल, बैंक अफ एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिषदुका पदाधिकारी सहभागी भएको बैठकमा मन्त्री खतिवडाले मौद्रिक नीतिको अर्थ बार्षिक समिक्षामा आधार व्याजदर र निक्षेप तथा कर्जामा लिने व्याजदरको फरकको बारेमा अध्ययन गरी यस तर्फको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

राष्ट्र बैंकले छोटो अवधिका लागि मात्र नभई दिर्घकालिन रुपमा लगानीको वातावरण तयार गर्नुपर्ने उहाँको जोड् छ । उहाँले बैंक तथा वित्तिय संस्थाहरुलाई औद्योगिक प्रर्वद्धन मैत्री बनी समय सापेक्ष साधन परिचालन गर्न समेत निर्देशन दिनुभयो । वित्तिय संस्थाले सेवा र व्यवहारमुखी भएर लगानी गर्न सकेमा सबैको हितमा हुने मन्त्री खतिवडाको भनाई छ ।

बैठकमा वित्तिय क्षेत्रमा देखा परेका समस्या र अव्यवस्थित व्याजदरका साथै विरगञ्ज, विराटनगरलगायतका औद्योगिक क्षेत्रका व्यवसायी उद्योगीले गरेको हड्ताल समाधान गर्ने विषयमा समेत छलफल भएको हो ।

उनीहरुले डिपोजिट व्याजदरको तुलनामा ऋणको व्याजदर नघटेको भन्दै अर्थमन्त्री खतिवडालाई वित्तिय क्षेत्रमा देखा परेका समस्या समाधान गर्न ध्यानार्कषण गराएका थिए ।

बैठकमा वित्तिय क्षेत्रमा देखा परेका समस्या र अव्यवस्थित व्याजदरका साथै विरगञ्ज, विराटनगरलगायतका औद्योगिक क्षेत्रका व्यवसायी उद्योगीले गरेको हड्ताल समाधान गर्ने विषयमा समेत छलफल भएको हो ।

उनीहरुले डिपोजिट व्याजदरको तुलनामा ऋणको व्याजदर नघटेको भन्दै अर्थमन्त्री खतिवडालाई वित्तिय क्षेत्रमा देखा परेका समस्या समाधान गर्न ध्यानार्कषण गराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -