२०८३ जेठ ५, मंगलबार
२:४८:०९ राति
- ADVERTISEMENT -

चलचित्र बिकाश बोर्डको अध्यक्ष पदबाट निकिता पौडेलको राजिनामा ( वक्तव्य सहित )

प्रकाशित मिति: २०७५ माघ २२, मंगलबार

982
Shares

काठमाण्डौँ, २२ माघ २०७५ । निकिता पौडेलले चलचित्र बिकाश बोर्डको अध्यक्ष पदबाट राजिनामा दिएकी छिन । एक प्रेस विज्ञप्ति जारी गर्दे माघ २३ गतेदेखी लागु हुनेगरी सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा समक्ष राजीनामा दिएकी हुन् ।

शुक्रबार निकिताले ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी राजिनामा दिएको बताएकी छिन् ।

केही दिन अघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित समीक्षा बैठकमा अनुपस्थित भएको भन्दै पौडेललाई मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।

प्रेस वक्तव्य

भोलि माघ २३ गतेदेखि लागू हुने गरि मैले चलचित्र बिकाश बोर्डको अध्यक्षको पदबाट माननीय मन्त्रीज्यु समक्ष राजिनामा पेश गरेकी छु। ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हु।खुल्ला प्रतिस्पर्धा गरि लिखित एवं अन्तर्वार्ताका माध्यमबाट आफ्नो योग्यता प्रस्तुत गरेर अध्यक्ष छान्ने परम्पराको शुरूवाती प्रतिस्पर्धी हुनुको गौरव मिलेसगै, म मङ्सिर २५,२०७४ मा तत्कालीन मन्त्री परिषद्को निर्णयबाट चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको स्मरण गराउन चाहन्छु।

यससगै नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गर्ने गौरव प्राप्त हुनु र नेपाल चलचित्र बिकाश बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनुपनि मेरालागि विशेष अवसर भएका छन् । यस बाहेक , आजसम्म दिइएका सम्पुर्ण जिम्मेवारी मन्त्रालयले तोकेको समय-सीमा भित्रै सफलतापुर्वक समापन गरिएको रिपोर्ट सहितको प्रगति विवरण माननीय मन्त्रीज्यु समक्ष आजै बुझाईसकेकी छु । उर्जावान नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई प्रोत्साहन तथा बिशिष्ट आदरणीय चलचित्रकर्मीहरुको सम्मानमा केही उल्लेख्य कामको शुरूवात गर्ने अवसर मिल्यो । यो मेरालागि ठुलो उपलब्धि भएको छ ।

सम्पुर्ण चलचित्र क्षेत्रको हितकालागि मेरो १४ महिने कार्यकाल पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका कयौं संभावनाका ढोकाहरु खुलाउन मेरो प्रयास महत्वपूर्ण भएको ठानेकी छु । बक्स अफिसका अलावा,नेपाली चलचित्रका गौरवमय इतिहासको रक्षार्थ डिजिटलाइजेशन सहित अभिलेख ब्यवस्थापन,चलचित्र नगरीको अध्ययन, स्वदेशी तथा बिदेशी लगानीकर्ताहरुको सम्मेलनको अवधारणा,सन्देश मुलक चलचित्रलाई करमा सहुलियत, ,बिशिस्ट चलचित्रकर्मीकालागि उपचार लगायतमा सहयोगमा रकम थप, देशका विभिन्न समुदाय, जात जाती, भाषा भाषीहरुका चलचित्रहरुलाई प्रोत्साहन र सम्मान लगायतका धेरै कामहरु, केहि सम्पन्न र केही शुरूवात भएका छन् ।

छोटो कार्यकाललाई उपलब्धिपुर्ण बनाउन सहयोग गर्नु भएकोमा माननीय सन्चार तथा सूचना प्रबिधि मन्त्री श्री गोकुल बास्कोटा ज्यु, संचार सचिव ज्यु लगायत सम्पुर्ण मन्त्रालय र नेपाल चलचित्र बिकास बोर्डका सम्पुर्ण परिवार प्रति कृतज्ञता व्यक्त गर्दछु। मुलुकको सेवा गर्ने अवसर पाएकोमा म नेपाल सरकार एवं सम्मानिय प्रधानमन्त्री ज्यु प्रती आभार प्रकट गर्दछु ।

साथै नेपाल सरकारबाट मैले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पुर्ण तलब बापतको रकम मेरा श्रीमान श्री रबि लामिछानेको सम्योजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिन चाहन्छु ।

अबको मेरो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालकालागि समर्पित गर्ने कुराकोपनि जानकारी गराउदछु । चलचित्र बिकास बोर्ड को अध्यक्षको जिम्मेवारीबाट अलग भएपनि, मेरो नाभीसगै गासिएको गौरवशाली चलचित्र क्षेत्रको हितकालागि म सदैव क्रियाशील रहिरहने छु । यस क्षेत्रमा योगदान दिन मलाई कुनै पदको जरुरत पर्दैन । मलाई सदैव प्रोत्साहीत गर्नुहुने मेरा परिवार, आदरणीय चलचित्रकर्मीज्युहरु तथा संचारकर्मीज्युहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -