Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५३:२३ बिहान
- ADVERTISEMENT -

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको चेतावनीलाई नकार्दै विपक्षी नेता हुँवा गुवाइदोले बढ्दो अन्तराष्ट्रिय समर्थन

प्रकाशित मिति: २०७५ माघ २२, मंगलबार

764
Shares

भेनेजुएला, २२ माघ २०७५ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको चेतावनीलाई नकार्दै विपक्षी नेता हुँवा गुवाइदोले बढ्दो अन्तराष्ट्रिय समर्थन पाइरहेका छन् । नेता गुवाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेको विषयलाई अमेरिकाले तत्काल समर्थन गरेको थियो ।

क्यानडा, ब्राजिल, अर्जे्न्टिना र कोलम्बियालगायतका दक्षिण अमेरिकीलगायतका देशहरुको सर्मथन पाइरहेका गुवाइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा स्वीकार्न ल्याटिन अमेरिकी देशहरू र क्यानडाको एक समूहले भेनेजुएलाको सेनालाई आग्रह गरेको समाचार समेत बाहिर आएको छ ।तर गुवाइदोलाई अन्तरिम राष्ट्रपति स्वीकार्नेबारे मदुरो सरकार एवं सेनाको प्रतिक्रिया भने आएको छैन् ।

गत आइतबार राष्ट्रपति मदुरोले एक स्पेनी टेलिभिजनसँगको अन्तर्वार्तामा बोल्दै बाह्य देशहरुले गुवाइदोलाई उकासेको र यसरी राजनीतिक संकट कायमै रह्यो भने गृहयुद्ध हुन सक्ने अप्रतक्ष्य रुपमा चेतावनी दिएका थिए ।

यसैबीच, एक पत्रकार सम्मेलनमा नेता गुवाइदोले मदुरो सरकारले विदेशमा ठूलो धनराशी लैजान गरेको आरोप लगाउँदै मादुराले गृहयुद्ध हुने भन्दै दिएको चेतावनी हास्यासपद रहेको टिप्पणी गरेका छन् । मदुरो सरकारले एक अर्ब दुई करोड डलर भेनेजुएलाबाट युरुग्वे सार्न लागेको नेता गुवइदोको आरोप छ ।

त्यस्तै, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई तानाशाहको संज्ञा दिएका छन् । उनले भेनेजुएलाली नागरिक अहिले संकटमा रहेको भन्दै ५० मिलियन अमेरिकी गलर सहयोग गर्ने घोषण गरेका थिए । तर राष्ट्रपति मदुरोले नकार्दै ‘हामी भिखारी हैनौँ‘ भन्दै क्यानेडाले दिएको सहयोगलाई अस्विकार गरेका छन् । उनले पश्चिम कोलम्बिया क्षेत्रबाट पठाइएको आपातकालीन खाना र औषधि भित्र्याउन समेत रोक लगाएका छन् ।

भेनेजुएलामा शान्तिपूर्ण प्रजातान्त्रिक संक्रमण, निष्पक्ष निर्वाचन, राजनीतिक पारदर्शीता र मानव अधिकार र स्वतन्त्रताका लागि सरकार परिवर्तन हुनु पर्ने र त्यहाँ मानवीय सहायता सहजै पुग्नु पर्ने लीमा समुहको भनाइ छ । समूहले विपक्षी नेतृत्वको संसदलाई समर्थन गर्ने र राष्ट्रपति मदुरोको सरकारलाई विदेशमा वित्तीय कारोबार गर्नबाट रोक्नु पर्नेमा जोड दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -