गोरखा, २१ माघ २०७५ । भिमसेन थापा गाउँपालिका घ्याम्पेसालमा मेगा बैंकले औपचारिक सेवा सुरु गरेको छ ।
“हलोदेखि हाइड्रोसम्म” भन्ने मुल नाराका साथ मेगा बैंक लिमिटेडको १०१ औं शाखा घ्याम्पेसालमा सेवा सुचारु गरेको हो ।
आइतबार एक कार्यक्रमकाविच भिमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे एक समारोहका बिच उक्त शाखाको उद्घाटन गर्नु भयो ।
बि.स २०७५ जेठ १३ गतेबाट भिमसेन थापा गाउँपालिका- १ घ्याम्पेसाल कार्यालय सञ्चालन गरी सेवा सुरु गरेको उक्त बैंकले अहिलेसम्म ८ करोड निक्षप संकलन गरेको छ ।
उक्त कार्यक्रममा बैंकले हालसम्म गरेका गतिबिधीहरुको बारेमा जानकारी गराएका थिए ।
उक्त बैंकमा अहिलेसम्म ८५० जनाले सेवाग्राहीले खाता खोलेका छन् । एक स्थानीय तह एक बैंक नीति अनुसार भिमसेनमा खटिएको मेगाले एबिबिएस, सिएएसबिए, क्रेडिट कार्ड, मोबाइल बेकिङ्ग÷एसएमएस बेकिङ्ग, अनलाइन बेकिङ्ग, अनलाई एकाउण्ट ओपन लगायतका सुबिधा दिदै आएको शाखा प्रवन्धक बगालले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष पाण्डेले जनताको चाहना र भावना अनुसार बैंकले सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
सरल व्याजदरमा कर्जा प्रभाव गरी नागरिकलाई व्यवसायिक बनाउन उक्त बैंकले सहयोग गर्ने उनको विश्वास छ ।