काठमाण्डौँ,२१ माघ २०७५ । नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेपछि नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य गगन थापाले बधाई दिएका छन् ।
नेपालले जित हासिल गरे लगतै थापाले आफनो फेसबुक मार्फत टि–२० सिरिजमा युएईलाई हराउदै ऐतिहासिक सफलता हासिल गरेकोमा बधाई दिएका हुन् । उनले नेपाली क्रिकेट टिमको यो जीतले आफुलाई गर्व महसुस भएको बताएका छन् ।
आइतबार भएको अन्तिम टी–२० खेलमा १४ रनको जित हात पार्दै नेपालले शृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको हो । बर्षका कारण १० ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । जवाफमा यूएईले १० ओभरमा ८ विकेट गुमाउँदै ९० रन मात्र बनाउन सकेको थियो।
यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज पनि २–१ ले नैआफ्नो कब्जामा पारेको थियो।