काभ्रेपलाञ्चोक, माघ २०

प्रतिनिधि छनोटका विषयमा विवाद भएपछि नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाको जिल्ला भेला स्थगन भएको छ ।

बनेपामा शनिवार आयोजना गरिएको भेलामा विवाद चर्कंदै गएपछि भेला नै स्थगित भएको हो ।
बिवाद बढदै जजाँदा सुन्थान उपशाखाका प्रतिनिधि नारायण सापकोटाले भेलाको माइन्युट लुटेर भागेपछि भेला स्थगन गरेको जिल्ला शाखाका सभापति रघुवर चौ प्रधानले बताउनुभयो ।

उहाँका अनुसार पनौतीको खरिबोट र बनेपाको टुकुचा उपशाखाको प्रनिनिधि चयनमा एकलौटी भएको उजुरी परेपछि विवाद चर्किएको हो ।

“विवादित शाखाको प्रतिनिधि सहभागी नगराऔँ, पछि समस्या समाधान गरौँला भनेपछि, सापकोटाले दुवै शाखाको प्रतिनिधि सहभागी गराउनुपर्छ भनेर दबाब दिँदै भेलाको माइन्युट लुटेर भागे” शाखा सभापति प्रधानले भन्नुभयो । सापकोटा नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

खरिबोट उपशाखाका सभापति प्रदीप केसी र टुकुचा उपशाखाका सभापति चेतप्रसाद घिमिरेले विधानविपरीत बैठक राखेर एकलौटीरुपमा प्रतिनिधि पठाएको विषयले चर्को रुप लिएपछि भेला स्थगत गरिएको हो । केसी पनि स्थानीय एक साप्ताहिक पत्रिकाका प्रकाशक÷सम्पादक हुनुहुन्छ ।

रेडक्रसको विधानअनुसार प्रतिनिधि बोलाउँदा एक हप्ताअघि नै कार्यसमिति सदस्यलाई पत्र काटेर बोलाउनुपर्नेमा टुकुचा उपशाखाले शुक्रबार राति प्रतिनिधि चयनको माइन्युट बनाई पेश गरेको उपसभापति साधुराम दाहालले बताउनुभयो ।

खरिबोट उपशाखाले पनि कार्यसमितिका सचिव, उपसचिवलगायत अधिकांश सदस्यलाई थाहा नदिइ प्रतिनिधि छनोट गरी पठाएको उपसचिव गुरु बञ्जाराले बताउनुभयो । विधानतः सबै उपशाखाबाट पाँच-पाँच जना प्रतिनिधि जिल्ला भेलामा आउन पाउने र अधिवेशनमा भोट खसाल्ने अधिकार राख्छन् । काभ्रेपलाञ्चोकमा रेडक्रसको २९ वटा उपशाखा छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्