२०८३ वैशाख २८, सोमबार
७:५३:२३ बिहान
- ADVERTISEMENT -

६३४ सहसचिवलाई समायोजनपत्र दिने तयारी

प्रकाशित मिति: २०७५ माघ १९, शनिबार

828
Shares

काठमाडौँ,१९ माघ २०७५ । सरकारले अध्यादेशमार्फत् कर्मचारी समायोजन गर्ने क्रममा ६३४ जना सहसचिवलाई समायोजनपत्र दिने तयारी गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवलाई समायोजनको पत्र दिने प्रस्ताव बुधबार मन्त्रिपरिषद्मा पेश गरिसकेको छ ।

अब बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेपछि सहसचिवलाई सरकारले पत्र प्रदान गर्दै जाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
गत साता सरकारले ५६ जना सचिवलाई मन्त्रिपरिषद्बाट निर्णय गरी समायोजनको पत्र प्रदान गरिसकेको छ ।
सचिवहरूको समायोजन सङ्घमा नै हुने व्यवस्था भए पनि सरकारले निर्णय गरी समायोजनको पत्र दिने अध्यादेशमा उल्लेख गरिएको छ ।

सहसचिवको समायोजन स्थानीय तह अन्तर्गत महानगरपालिका र उपमहानगरपालिका , प्रदेशअन्तर्गत प्रदेश मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सरकारका कार्यलयमा त्यस्तै सङ्घ अन्तर्गत मन्त्रालय, विभाग जिल्लास्थित विषयगत कार्यालयमा समायोजनका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेश भइसकेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहसचिवको समायोजन प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएपछि अहिले उपसचिवको निवेदनलाई रुजु गर्ने काम भइरहेको छ ।

अब दुई दिनभित्र उपसचिवको निवेदनको रुजु भइसक्ने त्यसपछि उहाँहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नै समायोजनको पत्र प्रदान गर्ने व्यवस्था छ । फागुनको पहिलो हप्ताभित्र उपसचिव, शाखा अधिकृत र नायव सुब्बालाई क्रमिक रूपमा समायोजनका पत्र प्रदान गर्दै जाने गरी मन्त्रालयले निरन्तर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
सरकारले पुस ११ गतेदेखि माघ २ गतेसम्म २१ दिनको सूचना सार्वजनिक गरी कर्मचारीलाई समायोजनमा जान निवेदन दिने समयावधि तोकेको थियो ।

सो अवधिमा समायोजनका लागि ७७ हजार ३७४ जना कर्मचारीले आवेदन दिइएका थिए ।
मन्त्रालले समायोजनका लागि १२ वटा टोली निर्माण गरी कर्मचारीको पद, सेवा, समूह र उपसमूह अनुसार अध्यावधिक गर्ने र ज्येष्ठता एकिन गर्ने काम गरिहरेको छ ।

मन्त्रालयले समायोजन प्रणालीमा आबद्ध गर्न सहजीकरणका लागि सम्बन्धित सेवा, समूह र उपसमूहमा कार्यरत कर्मचारीको विभागीय कारबाही भए नभएको विवरण एकीन गर्ने काम निरन्तर गरिरहेका प्रवक्ता अधिकारीले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -