२०८३ जेठ ५, मंगलबार
४:०५:५१ बिहान
- ADVERTISEMENT -

खोपकेविरुद्ध पर्यटन व्यवसायी एवम् कॉंग्रेस नेता बजगाईंको गाली बेइज्जती मुद्दा

प्रकाशित मिति: २०७५ माघ १८, शुक्रबार

786
Shares

काठमाडौं, १८ माघ २०७५ । पर्यटन व्यवसायी राजेन्द्र बजगाईंले खोज पत्रकारिता केन्द्र (खोपके) विरुद्ध ललितपुर जिल्ला अदालतमा शुक्रबार गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।

खोपकेको टीमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स (आईसीआईजे) सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको खोजको खुलासा ‘नेपाललिक्स २०१९’ को रिपोर्टमा आफू र आफ्नो कम्पनीविरुद्ध कपोलकल्पित र अनर्गल प्रचार गरिएको भन्दै बजगाईंले मुद्दा दायर गरेको बताएका छन् ।

“रिपोर्टमा विदेशी कम्पनीमा नेपालीको गैरकानुनी लगानी रहेको भन्ने खोपकेको रिपोर्टमा मेरो नाम जोडी मेरो व्यक्तिगत तथा व्यावसायिक मान प्रतिष्ठामा समेत आघात पुगी मेरो गाली बेइज्जती भई विपक्षीबाट अपराधजन्य कार्य हुन पुगेको प्रष्ट छ,” बजगाईंले पाटन जिल्ला अदालतमा हालेको फिरादपत्रमा उल्लेख छ, “विदेशमा मेरो लगानी छ भनी खोपकेले सार्वजनिक गरेको विवरणका आधारमा प्रकाशित समाचारले मेरो स्वच्छ, सफा राजनीतिक छवि धुमिल हुन पुगेको मात्र नभई मेरो व्यक्तिगत तथा व्यावसायिक जीवनमा पनि गम्भीर असर पुगेको छ । यसबाट मेरो कम्पनीमा कार्यरत कर्मचारीमा समेत नकारात्मक असर पुगेका कारण उनीहरूको रोजीरोटी गुम्ने अवस्था सिर्जना भएको छ ।”

बजगाईंको फिरादपत्रअनुसार खोपकेको रिपोर्टका कारण आफू गैरकानुनी आर्जन गरी धनी भएको गलत सन्देश प्रवाह भएको छ । विगतमा पनि आफू धनी व्यवसायी भएको भन्दै पटक–पटक चन्दा मागी दुःख दिने तथा ज्यानै मार्ने प्रयास भएको थियो । अज्ञात समूहले आफू चढ्ने गाडीमा बम प्रहारसमेत गरेका थिए । यस्तो रिपोर्टका कारण पुनः त्यस्ता समूहले दुःख दिने अवस्था सिर्जना भएको छ ।

खोपकेको रिपोर्ट सार्वजनिक भएपछि बजगाईंले त्यसको प्रतिवाद गर्दै आफूले यहाँबाट कहिल्यै पनि लगानी विदेश नलगेको बताएका थिए । नेपालबाट विदेशमा रकम लैजान नपाउने नियमको पक्षमा आफू सदैव रहेको, आफ्नो नाममा रहेको कम्पनीले नेपालको पर्यटन गन्तव्यहरूको प्रवद्र्धन गरिरहेको र पछिल्लो डेढ दशकदेखि नेपालमा विदेशी लगानी ल्याउनुपर्छ भन्ने लबिङ गर्दै आएको उनले बताएका थिए ।

“मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ३०५, ३०६ (२,क) ले निषेध गरेको अपराध गरी आफ्नो खोज पत्रकारिताको गलत प्रयोग गरेकाले प्रतिवादीलाई यही ऐनको दफा ३०७ को (२) बमोजिम सजाय गरी झूठो एवं गाली बेइज्जतीपूर्ण विवरण सार्वजनिक गरेका कारणले म तथा मेरो परिवारको सुरक्षा, इज्जत प्रतिष्ठा, व्यवसाय तथा राजनीतिमा समेत हानी नोक्सानी भएका छ,” बजगाईंको फिरादपत्रमा उल्लेख छ, “यो फिरादपत्र दर्ता गर्न लाग्ने कानुन व्यवसायीको फी, वारेश खर्च, अदालती शुल्कलगायत खर्चसहित समग्रमा मलाई पर्न गएको क्षतिको न्यायोचित क्षतिपूर्तिसमेत यही ऐनको दफा ३०७ को १ बमोजिम प्रतिवादीबाट दिलाई भराई पाऊँ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -