- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

ध्रुवीय क्षेत्रबाट आएको चिसो हावाका कारण अमेरिकाको मध्यपश्चिमी भागमा चिसो बढयो

January 31, 2019
1194
Shares
- ADVERTISEMENT -

१७ माघ २०७५ । ध्रुवीय क्षेत्रबाट आएको चिसो हावाका कारण अमेरिकाको मध्यपश्चिमी भागमा चिसो अत्यधिक बढेको छ जसका कारण तीन राज्यमा आपत्‌काल घोषणा गरिएको छ। चिसोका कारण अहिलेसम्म सात जनाको मृत्यु भईसकेको छ ।

ध्रुवीय क्षेत्रबाट दक्षिणतिर आएको चिसोको असरका कारण अमेरिकाका केही सहरहरूको तापक्रम अत्यधिक कम भएपछि त्यहाँको जनजीवन पूरै ठप्प हुन पुगेको छ। अत्यधिक चिसोका कारण चारैतिर हिमपात र बरफ जम्न थालेपछि अमेरिकाका चार राज्य र वरपरको जनजीवन अस्तव्यस्त हुन पुगेको छ।

- ADVERTISEMENT -

Advertisement

सिकागो नगरमा रातिको समयमा तापक्रम माइनस ४० डिग्री सेल्सियसमा झरेपछि मानिसहरूलाई घर बाहिर नजान भनिएको छ। सिकागो नगर रहेको इलिनोई राज्य र नजिकैका मिशिगन र विस्कन्सिन राज्यमा आपत्‌काल घोषणा गरिएको छ। मौसमविद्हरूका अनुसार ध्रुवीय क्षेत्रबाट दक्षिणतिर आएको वरफयुक्त वायुको प्रभावका कारण अत्यधिक चिसो भएको छ। उनीहरूले त्यो असरलाई ुपोलार भोर्टेक्सु भनिरहेका छन्।

त्यसको प्रभावका कारण अमेरिकाका केही भागमा पुस्ताले एक पटक मात्रै भोग्नेु प्रकृतिको घातक चिसोको असर सुरु भएको हो। ध्रुवीय चिसो हावाले अमेरिकी मध्यपश्चिमी र पूर्वी राज्यका थुप्रै स्थानको जनजीवन ठप्प बनाइदिएको छ।

- ADVERTISEMENT -

Advertisement

केही स्थानमा तापक्रम माइनस ४० डिग्रीमा झरेको छ। चिसोको प्रभावका कारण दक्षिणी राज्य एलाबामा र जोर्जियामा पनि हिमपात हुने भविष्यवाणी गरिएको छ। प्रभावित राज्यहरूमा सयौँ विद्यालय र कार्यालयहरू बन्द छन्। हवाई उडानहरू पनि रोकिएका छन्। सिकागोका मेयरले महानगरवासीलाई घर बाहिर नजान आग्रह गरेका छन्।

त्यहाँका प्रहरीका अनुसार मानिसका महङ्गा ज्याकेटहरू बन्दुक देखाएर तर्साउँदै लुटिएका छन्। सिकागोमा अहिले दक्षिणी ध्रुवको अन्टार्टिका महादेशका केही स्थानमा जस्तो चिसो भइरहेको छ। उत्तरी डाकोटामा तापक्रम माइनस ३७ डिग्री सेल्सियसमा झरेको छ।

२५ करोड अमेरिकीहरूले चिसो सहिरहेका छन् भने ९ करोडले माइनस १७ डिग्री वा त्यो भन्दा कम तापक्रम भोग्न बाध्य हुँदैछन्। मानिसहरू घर बाहिर निस्कन सकिरहेका छैनन्।
लापरवाहीपूर्वक निस्किएका मानिसहरूलाई अत्यधिक चिसो भएर शरीरको तापक्रम घट्ने अवस्था हाइपोथर्मिया हुन सक्ने चेतावनी दिइएको छ। बिबिसीको सहयोगमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -