२०८३ जेठ ३, आइतबार
६:२१:०३ बेलुका
- ADVERTISEMENT -

कर्मचारी समायोजन प्रक्रियाले एसईई परीक्षाको तयारी गरिरहेको राष्ट्रिय परीक्षा बोर्डमा गम्भीर असर पर्ने सम्भावना

प्रकाशित मिति: २०७५ माघ १७, बिहीबार

1251
Shares

काठमाडौं, १७ माघ २०७५ । कर्मचारी समायोजन प्रक्रियाले एसईई परीक्षाको तयारी गरिरहेको राष्ट्रिय परीक्षा बोर्डमा गम्भीर असर पर्ने देखिएको छ । समायोजन प्रक्रिया तत्काल अघि नबढाउन बोर्डले शिक्षा मन्त्रालयलाई पत्राचार गरेपनि परीक्षाको तयारीमा जुटेका कर्मचारीको सरुवा हुन थालेपछि एसईईको गोपनियतालाई लिएर बोर्ड चिन्तित बनेको छ ।

प्रदेश सरकारले एसईई परीक्षाको व्यवस्थापन र सञ्चालन गर्ने भनिएपनि जनशक्ति अभाव र संयन्त्र तयार नभएकाले सम्पूर्ण जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डले निर्वाह गर्दै आएको छ । ‘बोर्डमा कार्यरत ४० जना कर्मचारीले परीक्षाको सम्पूर्ण तयारी गर्दै गर्दा कर्मचारी समायोजनको असर बोर्डमा परेको छ ।’ एक कर्मचारी भन्छन्, ‘एसईई जस्तो संवेदनशील परीक्षाको समयमा कर्मचारी समायोजन हुँदा प्रश्नपत्रको गोपनियतामाथि प्रश्न उठेको छ ।

प्रश्नपत्र निर्माण गरेका कर्मचारी अन्यत्र सरुवा हुँदा प्रश्नपत्र बाहिरिने डरले पनि सरुवा प्रक्रिया तत्काल गर्न नहुने उसको अडान छ । बोर्डको कामबारे अभ्यस्त भएका कर्मचारी परिवर्तन हुँदा एसईईको बाँकी काममा स्वतः असर पर्ने बोर्डको भनाइ छ । एसईई आउन दुई महिना बाँकी रहँदा परिवर्तन भएका कर्मचारीबाट छोटो अवधिमा सही ढंगले कार्यसम्पादन हुनेमा विश्वस्त हुन नसक्ने भएकाले बोर्डले प्रश्नपत्र बाहिरिने डरले मुख्य घर गरेको देखिन्छ ।

तर, बोर्डले पटकपटक गरेको आग्रहलाई भने सरकारले अस्वीकार गर्दै आएको छ । समायोजनको प्रक्रिया लागु भइसकेकाले कर्मचारी सरुवा रोक्न नमिल्ने शिक्षा मन्त्रालयको दावी छ । समायोजनले परीक्षाको सुरक्षा र गोपनियतामा पार्ने असरको विषयमा बोर्ड चिन्तित भएपनि मन्त्रालय भने कुनै असर नपर्ने ठोकुवा गर्दछ । ‘एकातिर कर्मचारीको लफडा र अर्को्तिर एसईई परीक्षा सम्पन्न गर्न समस्या परिरहँदा बोर्डले सरकारबाट अपहेलित भएको महसुस गरिरहेको छ ।’ एक कर्मचारीले भने, ‘समायोजनले पु¥याएको असरबारे मन्त्रालयलाई पटकपटक लिखित जानकारी गराएपनि सरकारी बेवास्ताले बोर्डमा दिनहुँ दबाब बढिरहेको छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -