२०८३ जेठ ५, मंगलबार
३:४३:३५ राति
- ADVERTISEMENT -

३ अर्बमा रंगशाला बनाउने धुर्मुस-सुन्तली फाउण्डेसनको घोषणा

प्रकाशित मिति: २०७५ माघ १६, बुधबार

917
Shares

काठमाडौं, १६ माघ २०७५ ।२०७२ वैशाखको भूकम्पपछि एकीकृत बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । आज बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फाउण्डेसनका तर्फबाट सीताराम कट्टेल र भरतपुर महानगरपालिकाका तर्फबाट मेयर रेणु दाहालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । समारोहमा प्रधानमन्त्री ओलीका साथै नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शशांक कोइराला, कलाकार मदनकृष्ण श्रेष्ठलगायतको सहभागिता थियो ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको जग्गा महानगरले रंगशाला निर्माणका लागि उपलब्ध गराउने सम्झौता यसअघि नै भइसकेको छ । गुरुयोजना तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको रंगशाला २० विगाह ६ कठ्ठा क्षेत्रफलमा बन्ने फाउण्डेसनका प्रमुख सीताराम कट्टेलले जानकारी दिनु भयो ।

उहाका अनुसार आईसीसीको सबै मापदण्ड पूरा गरी बन्ने रंगशालाको नाम गौतम बुद्ध रंगशाला रहनेछ । रंगशालाको अग्रभाग स्तुप शैलीको हुनेछ भने खेल मैदान वरिपरिको भाग कमलको फूलको आकारमा हुनेछ । करिब २५ हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सबै रकम स्वेच्छिक सहयोगबाट उठाउने फाउण्डेसनले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -