२०८३ जेठ ३, आइतबार
५:१६:३७ बेलुका
- ADVERTISEMENT -

यूएईसँगको श्रम सम्झौताको मस्यौदामाथी दुई सरकारका प्राविधिक टोलीविच आज छलफल हुदै

प्रकाशित मिति: २०७५ माघ १६, बुधबार

768
Shares

काठमाडौं,१६ माघ २०७५ । यूएईसँगको श्रम सम्झौताको मस्यौदामाथी दुई सरकारका प्राविधिक टोलीविच आज छलफल हुदैछ । छलफल गर्न नेपाली प्राविधिक टोली मंगलबार नै यूएई आइपुगेको छ । सरकारले श्रम सम्झौता (एमओयूको) मस्यौदा टुंगो लगाउन पठाएको प्राविधिक टोलीले आज यूएईको श्रम तथा मानव संसाधन मन्त्रालयमा छलफल गर्दैछ ।

ओमानसँगको छलफलपछि प्राविधिक टोली मंगलवार यूएई आइपुगेको र बुधबार यहाँ छलफल सुरु गर्ने नेपाली दूतावास यूएईले जनाएको छ। छलफलमा सहभागी प्राविधिक टोलीले आफ्ना कामदारको सुरक्षा, सेवा सुविधा र शून्य लागतलगायतका विषयमा कुरा राख्दैछ । छलफल बिहीबारसम्म चल्नेछ ।

यूएईले झण्डै डेढ महिना पहिले सम्झौताको खाका नेपाललाई पठाएको थियो । यो मस्यौदामा धेरै सकारात्मक विषय भए पनि मस्यौदामा समावेश नभएका वा थप प्रष्ट हुनुपर्ने विषयमा समेत टोलीले आफ्नो धारणा राख्ने छ । छलफलका आधारमा सम्झौताको अन्तिम खाका तय हुनेछ । प्रस्तावमा सहमति भएका विषयलाई दुवै पक्षले मन्त्रीस्तरमा जानकारी गराउने र मन्त्रीस्तरको छलफलपछि मात्र सम्झौतामा हस्ताक्षर गरिने कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

सरकारले श्रम सम्झौताको मस्यौदा टुंगो लगाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख डाक्टर रामप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली पठाएको छ । यूएईसँग सन् २००७ मा गरिएको श्रम सम्झौता नवीकरण गर्न लागिएको हो ।

मलेसिया, यूएई, ओमान, कतार तथा खाडी देशसँग श्रम सम्झौता गर्ने र त्यसलाई थप प्रभावकारी बनाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको प्रस्तावमा सरकारले कार्यदल बनाएर काम गरिरहेको छ । यूएईमा अहिले झण्डै साढे दुई लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत रहेको तथ्यांक छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -