- ADVERTISEMENT -

नगरबासीको स्वास्थ्य पहिलो प्राथमिकताः उपमेयर खड्गी

January 28, 2019
730
Shares
- ADVERTISEMENT -

काठमाडौं, १४ माघ २०७५ । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले नगरबासीको स्वास्थ्यलाई महानगरपालिकाले पहिलो प्रथमिकतामा राखेको बताएकी छन् ।

सोमबार बागबजार क्षेत्रको बजार अनुगमनका क्रममा उपमेयर खड्गीले यस्तो बताएकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

उपमेयर खड्गी, महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी, कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारी, उपभोक्ता अधिकारकर्मीसहितको टोलीले बागबजार क्षेत्रको बजार अनुगमन गरेको हो ।

महानगरपालिकाले बागबजार क्षेत्रका कुकुरलाई दिइने रेविज विरुद्धको खोप र स्थानीय बजारमा बेचिने खाद्यबस्तुको अनुगमनलाई प्राथमिकताका साथ अनुगमन गरेको छ ।

उक्त अनगुमनमा क्रममा उपप्रमुख खड्गीले नगरबासीको स्वास्थ र दैनिकीमा प्रत्यक्ष असर पार्ने तथा प्रभाव राख्ने क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर अनुगमन गरिएको बताइन् ।

“सडकमा भएका कुकरले टोकेर सहरबासीले त्रसित हुन नपरोस् भन्ने हाम्रो चाहना हो,” उपमेयर खड्गीले भनिन्, “त्यसैले रेविज विरुद्धको खोप दिने क्रमलाई निरन्तरता दिएका हौं ।”

यसैक्रममा दुग्ध पदार्थजन्य खाद्यवस्तु बिक्री, भण्डारण र गुणस्तरको पनि अनुगमन गरिएको महानगरपालिकाले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -