२०८२ चैत २९, आइतबार
७:३३:१० बेलुका
- ADVERTISEMENT -

जापानमा ल्याम्प फुटाएको आरोपमा अमेरिकी विद्यार्थी ९ महिनादेखि जेलमा

प्रकाशित मिति: २०७५ माघ १३, आइतबार

871
Shares

एजेन्सी, १३ माघ २०७५ । कैयौँ महिना बालीमा धर्मबारे अवलोकन अध्ययन गरिसकेपछि जुलियन एडामले बाँकी संसारलाई हेर्ने सोच बताए ।

त्यसका लागि युनिभर्सिटी अफ रेडल्यान्डका २२ वर्षे विद्यार्थी मे महिनामा जापान गए । उनले त्यहाँ केही दिन बसेर थाइल्यान्डमा रहेकी एक मित्रलाई भेट्ने योजना बताएका थिए ।

तर थाइल्यान्डमा उनलाई पर्खिरहेकी उनको साथी केट एम्मोनको पर्खाइ ९ महिनापछि पनि पूरा भएको छैन ।

कैयौँ देशका दूतावासहरूमा फोन कल र म्यासेजपछि अन्ततः उनले आफ्नो साथी जापानको सिवुयामा बन्दी रहेको थाहा पाइन् ।

नौ महिनापछि पनि एडाम जापानमै बन्दी छन् । उनलाई अर्को महिनाको मध्यमा त्यहाँको अदालतमा पेस गर्ने तारेख तोकिएको छ ।

२२ वर्षे एम्मोन पनि जुलियन एडामसँगै पढ्थिन् । हाल उनी एडामलाई अमेरिका फर्कन सघाउनका लागि रकम सङ्कलन गर्ने, भ्रमणको समन्वय गर्ने र सरकारी अधिकारीहरूसँग सम्पर्क आदि गरिरहेकी छिन् ।

एडामको विश्वविद्यालयका प्रवक्ताले यस मामलामा रेडल्यान्डका अधिकारीहरू पनि स्थानीय र अन्तर्राष्ट्रिय कानुनी नियामक एजेन्सीहरूसँग सम्पर्कमा रहिरहेको बताइन् । एडामका केही प्राध्यापकले जापानी अधिकारीहरूलाई उनको बानी व्यहोराबारेमा लेखिरहेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले पनि जापानमा रहेका कन्सुलर अधिकारीहरूले एडामको मुद्दामा सघाइरहेको र नियमित रूपमा टोकियो जेलमा गएर उनलाई भेटिरहेको बताएको छ ।

एम्मोनले बताएअनुसार एडामको दुर्दशा जापानमा उनी बसेको होस्टलमा भेटिएकाको मानिससँगको रात्रिकालीन रमाइलोसँगै सुरु भएको थियो ।

पक्राउ परेको रात एडामले केही बियर खाएर एक बारमै ढलिरहेका थिए । निदाएपछि उनीसँगै बारमा गएका उनका नयाँ मित्रहरू त्यहाँबाट हिँडे । पछि उनलाई जापानी अधिकारीहरूले जगाए । एडाम अधिकारीहरूसँग रुखो रूपमा प्रस्तुत भइन् ।

एम्मोनका अनुसार होस्टल छाड्नुअघि उनका साथीले प्रहरीको पोसाक लगाएर लुट्ने, अपहरण गर्ने जापानी ग्याङ सदस्यहरूबाट सचेत रहन भनेका थिए ।

“त्यो कुरा मनमा लिएका एडामलाई जब अधिकारीहरूले उनले एक ल्याम्प फुटाएकोमा ९०० अमेरिकी डलर तिर्नुपर्ने बताए, उनले विश्वास गर्न सकेनन्,” एम्मोनले भनिन्, “उसले तिनलाई ग्याङ सदस्य नै ठानेका थिए ।”
एडामलाई पहिले एक सामुदायिक प्रहरी इकाईमा लगियो र त्यहाँबाट पार्सपोर्ट लिनका लागि उनी बसेको होस्टल लगियो ।

एम्मोनका अनुसार प्रमाणको रूपमा प्रस्तुत गरिएको एक भिडियोमा एडामले अधिकारीहरूलाई ‘तिमीहरूले मलाई मार्न लाग्यौ’ भनिरहेका छन् ।

पासपोर्ट लिइसकेपछि ‘जब अधिकारीहरूले उनलाई हतकडी लगाउन थाले तब एडाम आश्चर्यमा परे । तब उनले हात झट्कार्दा अचानक अधिकारीहरूको चिउँडोमा लाग्यो ।’

एडामको उक्त व्यवहारपछि उनलाई अधिकारीहरूको काम कारबाहीमा अवरोध गरेको आरोप लगाइयो ।

एम्मानले यो सबै जानकारीहरूले घटनाबारे टोकियोमा रहेको अमेरिकी दूतावास, एडामले पठाएको पत्र र मेमा एडामसँग भेट्न जाँदाँ सुवुया जेल भएको ५ मिनेट लामो संवादबाट प्राप्त टुक्राटाक्री जानकारीहरूलाई जोडेपछि थाहा पाएकी हुन् ।

एडामकी आमा लेह स्मिथले उनको छोराको अवस्थाबारे घटनालगत्तै जानकारी नभएको बताइन् । उनले आफ्नो छोरासँग विगत दुई वर्षदेखि बोलिचाली नभएको कारण यसो हुन पुगेको बताइन् ।

“पहिले उसँग मेरो कुनै सम्पर्क थिएन । जब भेटियो ऊ जेलमा थियो । त्यो मेरो जीवनको सबैभन्दा खराब दिन थियो,” उनले भनिन्, “मेरो छोरा जे भए पनि विगतमा कहिल्यै पनि कानुनी लफडामा परेको थिएन ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16