ललितपुर, १३ माघ २०७५ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले नेकपाका नेता एंव पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थामा बारेमा जानकारी लिनु भएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत रहनु भएका अधिकारीलाई भेटेर उहाले शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो । शनिबार साँझपख अस्पताल पुग्नु भएका निधि र अधिकारीबीच संक्षिप्त कुराकानी समेत भएको थियो।
८२ बर्षीय नेता अधिकारीको स्वास्थ्य अबस्थामा सुधार आएको अस्पतालले जनाएको छ। मुटु, श्वासप्रश्वास र छातीमा संक्रमण देखिएपछि अधिकारीलाई गत पुस २३ गते अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि उहालाई घर लगिएको भए पनि समस्या देखिएपछि माघ २ गते पुनः अस्पताल भर्ना गरिएको थियो ।
नेता अधिकारीको उपचारमा अस्पतालका डा। रञ्जितकुमार शर्मा संलग्न हुनुहुन्छ ।






































